करिष्मा मानन्धरः उमेर ४० पार, उनको अगाडी सबै बेकार - फोटोफिचर सहित

Karishma Manandhar (1)नेपाली सिने जगतकी निकै चर्चित नायिका करिष्मा मानन्धरलाई नचिन्ने को होला र ? उनी उमेरले ४० नाघिसकेकी छिन् तर उनको अनुहारको चमक भने फिल्ममा उदाएका नव नायिकाहरुको भन्दा कम छैन । अझ भन्ने हो भने उनको सौन्दर्यमा कुनै नायिकाहरुले प्रतिस्पर्धा गर्न सक्दैनन् । यदि कसैले गरेमा त्यो बेकार हुनेछ ।
Karishma Manandhar (2)वि.सं २०२७ मा जन्मिएको बताउने करिष्मा अहिले आफ्नो ४४ वसन्तमा छिन् । उनका तस्बिरहरु हेर्दा लाग्छ, उनी आफ्नो टिनएजमा नै छिन् । उनको फेसबुकमा टहल्दा देखिने तस्बिरहरु हेर्दा लाग्छ उनको उमेर किमार्थ यति पुगेको छैन ।
Karishma Manandhar (3)पर्याप्त मात्रामा पिएको पानी, व्यायाम र छोटो अन्तरालमा खाने बानीले उनको सौन्दर्यलाई कम हुन नदिएको उनले बताउने गरेको सुनिन्छ ।
Karishma Manandhar (4)१४ वर्षको उमेरमा नै अभिनयमा लागेकी करिष्माले थुप्रै चलचित्रमा अभिनय गर्न भ्याएकी छिन् । फिल्ममा उनलाई राजेश हमालसँगको जोडी सुहाउने उनका प्रशंसकहरु अझै बताउने गर्दछन् । कोहीले त उनलाई वास्तविक जीवनमा पनि राजेश हमालसँगै विवाह गर्नुपर्ने सल्लाह नदिएका पनि होइनन् । फिल्मी दुनियाँसँग संलग्न विनोद मानन्धरसँगको विवाह पश्चात् उनी केसीबाट मानन्धर भएकी हुन् । विनोद र करिष्माकी कविता नामकी छोरी छिन् जो अमेरिकामा बस्ने गर्दछिन् ।
हेरौँ उनै सदाबहार करिष्माका अपत्यारिला तस्बिरहरु उनकै फेसबुकबाट साभार
Karishma Manandhar (14) Karishma Manandhar (5) Karishma Manandhar (6) Karishma Manandhar (7) Karishma Manandhar (8) Karishma Manandhar (9) Karishma Manandhar (10)Karishma Manandhar (11) Karishma Manandhar (12) Karishma Manandhar (13)

0 comments

Write Down Your Responses

Follow on Facebook