ओबामाले मल्लिका सेराबतलाई छानेरै किन भेटे ? दुईपटक भेट्ने एक मात्र बलिउड कलाकार

एजेन्सी । भारत भ्रमणको दौरानमा आमेरिकी राष्ट्रपति बाराक ओबामाले अभिनेत्री मल्लिका शेरावतलाई भेटेका छन् । मल्लिका ओबामालाई दुईपटक भेट्ने एकमात्र बलिउड कलाकार हुन् ।

सामाजिक सञ्जालमा मल्लिकाले यसअघि ओवामासँग भेटेको पुरानो तस्वीर पोष्ट गरेकी थिइन् । साथै ‘वेलकम ओबामा’ भन्दै स्वागत गरेको स्टाटस अपलोड गरेकी थिइन् ।

मल्लिका अभिनित चलचित्र ‘डर्टी पोलिटिक्स’ फेब्रुअरीदेखि प्रदर्शनमा आउँदैछ । जुन चलचित्रमा दिग्गज कलाकार नसिरुद्धिन शाह, ओम पुरीलगायतको जोडदार अभिनय रहेको छ ।

 पत्रकारसँगको एक प्रश्नमा म एक आत्मनिर्भर कलाकार हुँ । मलाई धेरै चलचित्रमा हस्ताक्षर गरेर चर्चामा आउनु छैन ।

म अमेरिकी राष्ट्रपतिलाई दुईपटक भेट्ने एक मात्र बलिउड कलाकार हुँ । म जहाँ छु । सन्तुष्ट छु भन्ने जवाफ दिएकी छन् । एजेन्सीको सहयोगमा ।

0 comments

Write Down Your Responses

Follow on Facebook