मिस राई तेस्रो संस्करणका लागि १६ युवती छानिए

काठमाडौं । आगामी माघ १८ मा हुन लागेको मिस राई–२०१५ मा १६ राई युवती छानिएका छन् । काठमाडौंको कमलादीमा रहेको प्रज्ञाप्रतिष्ठानमा हुन लागेको प्रतियोगितामा १६ सहभागीले अन्तिम स्पर्धा गर्ने भएका हुन् ।

मिस राई–२०१५ का लागि निशा खालिङ राई (ताप्लेजुङ) सृष्टि राई (संखुवासभा), पवित्र बान्तवा राई, एली राई (खोकु, धनकुटा), स्मिता राई (मौनाबुधुक, धनकुटा), रन्जना राई (कागते, धनकुटा), सुप्रिया राई (रवि, पाँचथर), स्नेहा राई (भरौल, सुुनसरी), सलिना राई (महेन्द्रनगर, सुनसरी) नाज्मा राई (सुनसरी), सीमा राई (कोल्बुङ, इलाम), पुनम बान्तवा राई (बेलबारी, मोरङ), पूर्णिमा राई (भोजपुर), प्रतिना राई (लफ्याङ, खोटाङ), चाँदनी वाम्बुले राई (उँबु, ओखलढुंगा) र जेनिता राई (बालाजु, काठमाडौं) रहेकी छन् ।

मिस राई–२०१५ का लागि किरात राई मौलिक कला संस्कृति केन्द्रले सालिन्दा गर्दै आएको मिस राईको तेस्रो संस्करणका लागि छानिएका सहभागी महिना दिनको बन्द प्रशिक्षणमा जुटेका छन् । सहभागीलाई गु्रमिङ, पर्सानालिटी डेभलपमेन्ट, राई जातिका कला संस्कृति, साकेला नाच सिकाइने कोरियोग्राफर किरात बिन्द्रले जानकारी दिए । यसैगरी, फोटोसुट, ट्यालेन्ट राउन्डका साथै सहभागीलाई एक दिन किराती आदिम भूमिको ऐतिहासिक भ्रमण गराइने आयोजकले जनाएको छ ।

त्यतिमात्रै होइन, मिस राई प्रतियोगितामा सहभागीलाई किरात राई संस्कार, संस्कृति, मुन्धुम तथा पहिचानसम्बन्धी प्रशिक्षित गराइने कार्यक्रम निर्देशक अर्पण राईले बताए । मिस राई–२०१५ को मुख्य प्रायोजक सीटीपी मोबाइल रहेको छ ।

0 comments

Write Down Your Responses

Follow on Facebook