भिजे सुरज गिरीले नावालिकालाई ‘बलात्कार गर्छु’ भन्दै धम्क्याएपछि….

काठमाडौ । ‘तैले चिन्या छस्, म… के गर्न सक्छु तँलाई ? तेरो छोरी….तँ म… ५० वर्षको केटा गएर एउटा २५ वर्षको केटीलाई चार्ज गर्न सक्छस् भने २२ वर्षको केटाले १५ वर्षको केटीलाई गर्न सक्दिन होला ?’ प्रेमिकालाई खुसी पार्न कसैकी नावालक छोरीलाई बलात्कार गर्छु भन्ने एउटा गिद्देनजरवाला ठिटोको बचन हो यो,जुन वचनवापत सात दिनसम्म हनुमानढोका प्रहरीको हिरासतमा बसेर अस्ति मात्र १५ र २५ हजारको धरौटीमा छुटेको छ ।

जनआस्थाका अनुसार कान्तिपुर टेलिभिजनमा कार्यक्रम चलाउने (भिजे) साहना बज्राचार्य (मिस नेपालकी पूर्वप्रतिष्पर्धी) र सुरज गिरी जावलाखेलस्थित विचित्रा एड्भरटाइजिङका सञ्चालक हर्षबर्धन साहनीलाई टेलिफोनमा धम्क्याएको ,एसएमएसमार्फत हतोत्साहित पारेकोजस्ता अभियोगमा पक्राउ परेका थिए,एक साताअघि ।

0 comments

Write Down Your Responses

Follow on Facebook