मलेसियामा फेरी एक नेपाली युवाको मृत्यु

उर्लाबारी । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपाली युवाको सुतेकै ठाउँमा मृत्यु भएको छ ।

मोरङ मधुमल्ला–४ निवासी ३१ वर्षीय गोपाल बोहोराको सुतेकै ठाउँमा मृत्यु भएको हो । तीन महिनाअघि मलेसिया पुगेका बोहोराको यही माघ १६ गते मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

मृतक बोहोराका भाइ भुपालका अनुसार १५ गते बेलुका घरमा फोन गरेका दाजुको १६ गते बिहान मृत्यु भएको खबर आएको थियो । मृत्युको कारण खुल्न नसकेकोे उहाँले बताउनुभयो ।

श्रीमतीसहित एक छोरी भएका मृतक बोहोराको शव नेपाल ल्याउने तयारी भइरहेको परिवारले जनाएको छ ।

0 comments

Write Down Your Responses

Follow on Facebook