‘हामीले सक्षम नेता पाउन सकेनौ’ - नायक राजेश हमाल

करिब १५ सय यूवा तथा विभिन्न क्षेत्रका मानिसहरुको जमघटमा आयोजना गरिएको ‘म’ अभियानका क्रममा हमालले चुनौतीले मानिसलाई उर्जा दिने भन्दै यसलाई शक्तिमा बदल्नु पर्ने बताए । उनले नेपाली हुनुमा गर्व छ त भनेर आफैलाई प्रश्न सोध्न आग्रह गरे ? नेपालीहरुलाई राष्ट्रसँग जोडिएको कुराले धेरै पीडा दिने गरेको भन्दै उनले सक्षम नेता पाउन नसकेको गुनासो गरे । हमालले भने-‘यदि यो देशमा पहिलो संविधान सभापछि बनेका पहिलो प्रधानमन्त्रीले संविधान दिन सकेको भए आज उनको तस्बिर हरेक नेपालीको भित्तामा झुन्डिन्थ्यो, तर हामीले एउटा गतिलो नेता पाउँन नसक्दा यो दुर्दशा भोगिरहेका छौ ।’ हमालले बन्दुक उठाउनु कसैको रहर नभएको बताए । उनले भने-‘आफ्नो जिन्दगीमा परिवर्तन होला भनेर कसैले आश्वासन दिएपछि स्वभाविक रुपमा उसले बन्दुक उठाउँछ । तर, यो देशलाई हजारौ नेता होइन एउटा सक्षम नेता चाहिएको छ, यो हामीले पाउन सकिरहेका छैनौ ।’
उनले आफू राष्ट्रिय कार्य गर्नका लागि चलचित्र क्षेत्रमा नलागेको बताउँदै भने-‘तपाई जे गर्न सक्नुहुन्छ, त्यही काम गर्नुहोस् । तपाइको सफलताको कारण समाज बन्छ, समाज बनेपछि देश बन्छ ।’ जनताले अवसर दिएर पनि काम गर्न नसकेको नेताप्रति आक्रोश पोखेका हमालले अधिकांश समय देशको विग्रदो अवस्था र नेपालीले पाएको पीडाका बारेमा बोलेका थिए ।

0 comments
Write Down Your Responses