अभिनेत्री मनिषा कोइरालाले भूकम्प पीडितलाई राहत वितरण
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राजधानीको टुँडिखेलमा पुगेर राहत वितरण गरेकी छन् । महिला सुरक्षित स्थान स्नेह केन्द्र लेखिएको खैरो पालभित्र रहेका सुत्केरी तथा बालबालिकालाई आवश्यक पर्ने लत्ता कपडा तथा अन्य सामाग्रीहरु वितरण गरेकी हुन्।
केही समय अघि क्यानसरका कारण चलचित्र क्षेत्रबाट अलि टाढा रहेकी मनिषा भूकम्प पीडितको पीडामा सितलता दिनलाई राहत सामग्री सहित टुँडिखेलमा देखिएकी हुन्।
टुँडिखेलमा पुगेर उनले राहत मात्रै बाडिन्न, पीडितका समस्यालाई समेत कुनै खोतलेर बुझिन। पीडितको नाम, घर तथा भोग्नु परेका समस्यालाई पीडीतसँग सोध्दै समस्याको समाधान गरिदिने वचन पनि दिइन्।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिएको सद्भावना दूतका रूपमा मनीषा भूकम्पबाट प्रभावित सुत्केरी महिलाका लागि डिग्निटी किड रक्षा सामग्री बाँड्न टुँडिखेल आइपुगेकी हुन्।

0 comments
Write Down Your Responses