चर्चित गायिका तथा मोडल रेखा शाह हस्पिटल भर्ना

काठमाडौं । चर्चित गायिका तथा मोडल रेखा शाह अस्वस्थताका कारण नर्भिक हस्पिटल भर्ना भएकी छिन् । यसै पनि भूकम्पले घर चर्किए पछी उनी प्रख्यात ब्यापारी उप्रेन्द्र महतोको निवास भित्रै अन्य २०० जना सर्ब साधारण संगै पालमा बस्दै आएकी थिइन ।

 सिमसिमे पानी जस्तो ऐतिहासिक लोक गीतका रचनाकार तथा गायिका शाह बिगत केहि बर्ष देखि कम्जोर स्वास्थका बाबजुत पनि सक्रिय छिन् ।सिमसिमे पानीको रिमिक्स भर्सनमा उनले आफैले बेजोडको मोडलिंग पनि गरेकि छिन । 
धादिंग धुवाकोट स्थायी घर भएकी शाहले केही दिन अघि मात्र आफ्नो जन्मस्थानका भूकम्प पिडितहरुलाई रू. ६ लाख बराबरको सहयोग गरेकी थिइन् ।

उनले १५० बोरा चामल, १५० लिटर खाने तेल, ६० केजी नुन, १० बोरा सोयाबिन, १ हजार थान बिस्कुट, २० कार्टुन चाउचाउलगायतका २ ट्रक सामग्री पीडितलाई उपलब्ध गराएकी हुन् जसमा एसियन विस्कुट एण्ड कन्फेक्सनरीका सेल्स डिपार्टका कर्मचारीका तर्फबाट विस्कुट र अमेरिकामा रहेकी नायिका पूजा आर चन्द र राजु लामाका तर्फबाट २२ हजार ५ सय नगद सहयोग प्राप्त भएको उनले जानकारी गराएकी थिइन् ।

 सामाजिक कार्यको लागि शाहले “रेखा शाह फाउन्डेशन” स्थापना गरेकी छिन् ।

,

0 comments

Write Down Your Responses

Follow on Facebook