सबै पत्रकारहरु यहि सोध्ने गर्छन तर हामी गुदद्वारमा सेक्स गर्छौँ
नुवाकोट काउले–१ बल्खुकी अन्जली लामा पछि पाइएको नाम हो । र्याम्प मोडलिङमा परिचित नाम हो अन्जली । बिए पढिरहेकी उनी आफूलाई मोडल अन्जली लामाका रुपमा समाजमा ल्याउन उनले समाजसँग धेरै संघर्ष गरेकी छन् र गर्दैछिन् । उनको पहिलेको नाम नवीन वाइबा हो । जुन नामसँग उनको सम्बन्ध नै छैन । अन्जली नै भनेर चिन्दा खुशी छन् समाजसँग । मोडलिङमा पहिलो तेस्रो लिंगी मोडलसमेत रहेकी लामाको विषयमा डकुमेन्ट्रीसमेत बनेको छ । लामासँग नेप्लिज डट ओआरजीका लागि वर्षा शाहले गरेको कुराकानीः
जन्मदा छोरा भएर जन्मनुभयो । तर छोरी हुन पाए हुने भन्ने सोच कहिलेदेखि आयो ?
म गाउँमा जन्मेको मान्छे । आफूलाई त सानैदेखि लाग्थ्यो । छोरी मान्छेको काम सबै गर्थेँ । छोरी मान्छेको काम भन्दा जो समाजले छुटा’को छ, त्यो काम मलाइ गर्ने सारै मन पथ्र्याे । त्यो बेला गाउँघरमा पनि यसले विवाह गरेको केटीले त सारै सुख पाउने भई भनेर कुरा गर्थे । तर उनीहरुले सोचे र गरेभन्दा म अलि फरक भएँ । एक हिसाबले भन्ने हो भने मैले आफू युवा अवस्थामा पुगेपछि मात्र आफ्नो वास्तविकता थाहा पाएँ ।
तपाईं आफू तेस्रो लिंगी भन्ने कुरा कसरी थाहा पाउनु भयो ?
एसएलसी सकेर काठमाडौँ पढ्न आएँ । त्यो बेला पढाइसँगै एउटा रेष्टुरेन्टमा काम पनि गर्थेँ । समाजमा जसरी एउटा छोरा मान्छेको पहिचान दिएजसरी आफ्नो इच्छा–चाहना लुकाएर समाजमा रहँदा पनि कहीँ कतै मेरो त्यो रुप आइहाल्थ्यो । अनि त्यो बेला काठमाडौँमा बस्दै गर्दा ब्लुुडाइमन्ड सोसाइटीका साथीलाई भेटेँ अनि त्यो बेला मजस्तो त धेरै साथी रहेछन् भनेर बुझेँ । ब्लुडाइमन्डमा आउन थालेँ । त्यसरी आफूले आफैलाई चिनेँ । अनि मेरो नाम पनि अन्जली भनेर त्यहीँ राखियो ।
तपाईं अहिले एक सफल र्याम्पमा मोडल हुनुहुन्छ । मोडलका रुपमा आफ्नो राम्रो परिचय बनाउनु भएको छ । विगतका कुरा सम्झँदा कस्तो लाग्छ ?
समाजले नै नस्वीकारेको समुदायका हामी वा म भनुँ । आफ्नो परिचय बनाउन नै धेरै गाह्रो छ । मलाई पनि यहाँसम्म आउँदा त्यति सजिलो त के भनुँ अहिले पनि धेरै गाह्रो छ । तर पनि जीवन संघर्ष रहेछ । हिजो पनि संघर्ष गरेको हुँ । अहिले पनि गर्दैछु । विगत म खासै सम्झन चाहन्नँ ।
जब तपाईं समाजमा खुलेर आउनुभयो । तपाईंको परिवारले थाहा पाउँदा कस्तोे सहयोग वा असहयोग के रह्यो ?
दिदीबहिनी, आमाबाट त सहयोग नै थियो । तर दाजुभाइ र बुबाबाट खासै रहेन । अहिले पनि त्यस्तो छैन । सम्बन्ध नै छैन भन्ने पनि होइन । मलाइ थाहा छ उहाँहरुले मलाइ माया गर्नुहुन्छ । जस्तो भए पनि म उहाँहरुको आफ्नो मान्छे हो । तर यो समाज र समाजमा रहेका व्यक्तिको कुरा जब उहाँहरुले सुन्नुहुन्छ अनि मलाइ रिस पोख्नुहुन्छ । सायद त्यो ठीकै पनि हो । आमा अहिले हुनुहुन्न । बेलाबेला दिदीबहिनीहरुले फोन गर्छे । दाजुहरु अनि बुबालाई कहिलेकाहिँ फोन गर्छु । यस्तै न छ, परिवारको सहयोग भनुँ कि के भनुँ ।
कसरी मोडलिड. क्षेत्रमा प्रवेश गर्ने इच्छा आयो ?
खासमा मैले कहिल्यै मोडल हुन्छु भन्ने सोचेको थिइनँ । जब म पुरुष नै भनेर समाजले चिन्थ्यो । होटलमा काम गर्दा पनि त्यहाँ आउने ग्राहकले यो भाइ त कति हाइट भएको मोडलमा कोशिस गर भन्नुहुन्थ्यो । तर मलाइ नै मोडल भन्ने थाहा थिएन । समुदायमा आएपछि त्यहाँ पनि साथीहरुले त्यस्तै भन्नुभयो । अनि मैले मोडलिङ बुझेका साथीहरुलाई खोजी गरेँ । सन २००७ मा समुदायले नै गरेको मिस पिङकमा सहभागी भएँ, त्यहाँ म विजेता त हुन सकिन । तर धेरै कुरा जान्ने मौका पाएँ । सुरुवात त्यसरी भएको हो ।
मोडलिङ क्षेत्रमा आउन तपाईंलाई कतिको गाह्रो थियो ?
समाजसँग नै अधिकारका लागि लडिरहेका हामी । हामीलाई पनि मान्छे भएर बाँच्न दिनु भनेर हिँडिरहेका हामी, हो भने मलाइ पनि यो क्षेत्रमा आउन गाह्रो होइन, निकै गाह्रो भयो । कति ठाउँ मैले मेरो पहिचान तेस्रो लिंगी भएकै कारण पनि काम पाइन । कति अडिसनमा मलाइ लिएनन् । तर यो बीच पनि म एउटा नाम सम्झन चाहन्छु । डिजाइनर विशाल कपुरले आफ्नो फेसन सो हुँदा फममा तेस्रो लिंगीले पनि सहभागिता लिन पाउने भनेर गराउनु भयो । सायद त्यस्तो अहिलेसम्म कुनै पनि क्षेत्रमा तेस्रो लिंगीलाई सम्मान साथ फर्ममा उल्लेख गरेको त मैले पाएको छैन ।
प्रेम के हो र तपाईं अहिले प्रेममा हुनुहुन्छ ?
म दश वर्षदेखि लिभिङ टुगेदरमा छु । जो मेरो समुदायकै हुनुहुन्छ । मलाइ लाग्छ । प्रेमविनाको सायद संसार हुँदैन । र, बिनाप्रेमको जिन्दगी हुँदैन ।
तपाईंहरुले गर्ने शारीरिक सम्बन्धलाई अप्राकृतिक सम्बन्ध भन्छन् नि ?
के तेस्रो लिंगीको मन हुँदैन ? के उनीहरुको इच्छा–चाहना हुँदैन ? उनीहरुले जसरी शारीरिक सम्बन्ध राख्दा सन्तुष्ट हुन्छन् भने कसरी अप्राकृतिक भयो ।
तपाईंहरुले कसरी शारीरिक सम्बन्ध राख्नुहुन्छ ?
सबै पत्रकारहरुको यही प्रश्न हुन्छ । कसरी राख्छौँ भनौँ । सामान्यरुपमा महिला पुरुषले राख्ने सम्बन्ध भन्दा केही फरक त हुन्छ । हामीले गुदद्वार प्रयोग गरेर गर्छौँ । तर पनि हाम्रो समुदायमा पनि धेरै किसिमका हुनुहुन्छ ।
सेक्स के हो त ?
सन्तुष्टी हो । जसबाट मान्छे सन्तुष्ट हुनुपर्छ । आवश्यक कुरा पनि हो ।
अन्तमा आफूहरु जस्तो खुलेर आउन चाहनेलाई के भन्न चाहनु हुन्छ ?
हामीले कसैलाई जबर्जस्त गर्ने कुरा होइन । मनदेखि खुलेर आउनुस् । समाज भन्दा पनि आफूलाई पहिला बुझ्ने कोसिस गर्नुस् । परिवार त आफ्नै हो । आज रिसाए पनि भोलि माया गर्छ ।
श्रोत: नेपलिज डट ओ आर जी


0 comments
Write Down Your Responses