सेक्सी नायिका शुष्मा कार्की भन्छिन 'प्रेम गरेर गल्ती गरे, अबको केटासँग बिहे नै होस्' हेर्नुहोस भिडियो सहित


हिजोआज सुष्मा कार्की फेरिएकी छिन् । उनको पहिरनदेखि बोलीचालीमा धेरै परिवर्तन आएको छ । अनलाइनखबरसँगको एक भेटमा निकै खुलेर कुरा गरेकी सुष्माले जीवनमा आएको उतारचढावदेखि प्रेमका कुरा गरिन् । दुलही जस्तो पहिरनमा देखिएकी सुष्मालाई हामीले सोध्यौ, आखिर कहिले बन्ने त दुलही ? उनले हाँस्दै भनिन्-‘अहिले नै दुलही बन्ने सोच आएको छैन ।’ आइटम गलबाट पर हट्दै गरेकी सुष्मालाई लाग्छ, उनी अहिले राम्रा ब्यानरका चलचित्रमा काम गरिरहेकी छिन् । चलचित्र ‘चलेस बतास सुस्तरी’मा सबैले राम्री देखिएकी भनेपछि उनी दंग छिन् । 

५ महिना यता तपाइको जीवनमा आएको परिवर्तन के हो भन्ने प्रश्नमा उनले भनिन्-‘ यो तपाइहरुले नै देखिरहनु भएको छ नी । मैले राम्रो बजेटका चलचित्र गरिरहेकी छु । सबैको माया पाएकी छु । देश बाहिर पनि कार्यक्रमका लागि अफर आइरहेको छ ।’ सुष्मा आफूले पहिरनमा परिवर्तन नगरेको बताउँछिन् । उनले आफूलाई कहिले छोटो त कहिले लामो पहिरनमा देख्न सकिने बताइन् । जस्तो पहिरनमा आफूलाई सहज हुन्छ, त्यस्तै पहिरन लगाउने सुष्माको कथन छ । उनले प्रेमलाई रोक्न नमिल्ने तर्क गरिन् । प्रेममा अलग भएपछि तपाइको जीवनमा के परिवर्तन भयो भन्ने प्रश्नमा उनले भनिन्-‘मेरो जीवनमा २ जना यूवक आएका थिए । अहिले म सिंगल छु र करिअरलाई नै अगाडि बढाइरहेकी छु ।’

हेर्नुहोस भिडियो  

कुराको क्रममा उनका पूर्व प्रेमी सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘प्रेमगीत’ र उनको चलचित्र ‘चलेछ बतास सुस्तरी’को पनि कुरा निस्कियो । उनले सुदर्शनलाई नेपालको यश चोपडा नै भनिदिइन् । प्रतिस्पर्धा हुनु राम्रो हो भन्दै सुष्माले सुदर्शनसँग काम गर्ने कुनै सोच अहिले नभएको खुलाइन् । सुष्माले भनिन्-‘ राम्रो ब्यानरमा काम गरिरहेकी छु । नयाँ-नयाँ मानिसको टेष्ट लिनुपर्छ । यसैले म नयाँ नयाँ निर्देशकसँग काम गरिरहेकी छु ।’ 

उनले अर्को कुरा पनि खुलाइन्-‘यहाँ एउटा हिरोइन ६ वटा प्रेमी बनाउछन् र आफू खुल्ला किताब भएको बताउँछन् ।’ उनले सुदर्शन र निरनसँग प्रेम गर्नु भूल भएको स्विकारिन् । करिअरलाई अगाडि बढाउन छाडेर प्रेम गर्दा समय बर्बाद भएको उनको भनाई थियो । आफूले जोसँग प्रेम गर्‍यो, उसैसँग बिहे होस् भन्ने चाहेको सुष्माको भनाई थियो । तर, प्रेमिका हुँदै हुँदै बाहिर अर्को केटी च्याप्नेहरु धेरै भएको सुष्माको भनाई थियो । असमझादारीका कारण आफ्नो प्रेम असफल भएको उनले खुलाइन् । अबको समय चलचित्र करिअरमा नै बिताउने र राम्रा चलचित्र मात्र गर्ने उनको भनाई छ । सुष्माले तेश्रो प्रेमी नभेटेको भन्दै अब जो आफ्नो जीवनमा आउँछ, उसैसँग बिहे होस् भन्ने चाहेको बताइन् ।

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook