नेपालको जाजरकोटमा सुन खोज्दै चिनियाँ टोली
राजेन्द्र कार्की/उज्यालो । जाजरकोट, माघ १० - एक चिनियाँ कम्पनीले जाजरकोटमा सुन खानीको संम्भाब्यता अध्ययन थालेको छ । चिनियाँ कम्पनी धर्मश्री माइनले जाजरकोटको खलंगा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा सुन खानीको संभाव्यता थालेको हो ।
चिनियाँ नागरिक सङपिङको नेतृत्वमा रहेको चिनियाँ टोलीले दुई ठाँउमा जमिन मुनि ड्रिल गरेर अध्ययन गरिरहेको कम्पनीले जनाएको छ ।
‘अहिलेसम्म एक सय पचास फिट गहिरो ड्रिल गरेर अनुसन्धान गरिरहेका छौं, तर खासै प्रगति देखिएको छैन ।’
दोभासेको काम गरिरहेका काभ्रेका भोजकुमार तामाङ्गमार्फत टोली प्रमुख सङ्गपिङ्गले भन्नुभयो । चिनियाँ कम्पनी खानी तथा भुगर्भ विभागबाट सुन खानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएर जाजरकोट आएको हो ।
भेरी नदिका बिभिन्न ठाउँमा सुन पाईएको खानी तथा भुगर्भ विभागसँग तथ्यांक रहेकोले कम्पनीले चासो देखाएर पाईलट पोजेक्टको रुपमा अनुसन्धान गरिरहेको कम्पनीले जनाएको छ ।
अनुसन्धानको लागि आवश्यक प्रविधि सहित आएको टोलीले अझै तीन महिना काम गर्ने जनाएको छ ।
आवश्यक सामग्रीलाई अध्ययनस्थलसम्म लैजान कम्पनीले आफ्नै २ किलोमिटर मोटरेवल बाटो समेत निर्माण गरेको छ ।
जमिन मुनि भेटिएका बिभिन्न प्रकारका ढुंगा र अन्य खनिज पदार्थ थप अनुसन्धानका लागि कम्पनीको केन्द्रिय कार्यालयमा समेत पठाउने गरिएको कम्पनीका नेपाली सहयोगी भोजकुमार तामाङ्गले बताउनुभयो । यसअघि यो कम्पनीले दाङ्गमा समेत सुन खानीको अध्ययन गरेको थियो ।
सुन खानी भए नभएको बारे भइरहेको अनुसन्धानमा नेपाल सरकारी प्रतिनिधिको संलग्नता र उपस्थिति नहुँदा कम्पनीले गर्ने अनुसन्धानमा गाउँलेले आशंका गर्न थालेका छन् ।


0 comments
Write Down Your Responses