एउटा सैलून उद्घाटन गर्न गायकदेखि नायिकासम्म कतै काम नपाएर पो होकी ?

करिश्मा र प्रियंकाले रिबन, राजेश र भुवनले केक काटे काठमाडौं : शनिवारदेखि काठमाडौंमा सौन्दर्य पारखीहरुका लागि अर्को एउटा बिसौनी थपिएको छ । सुन्धारास्थित सिटिसी मलको छैठौं तल्लमा सञ्चालनमा आएको टे«ण्ड सेटर्स युनिसेक्स हेयर एण्ड ब्युटी स्टुडियोलाई शनिवार १२ जना बढी सेलिब्रेटीले उद्घाटन गरेका छन् । 

सैलूनको उद्घाटन समारोहलाई पृथक बनाइएको थियो । महिला सेलिब्रेटीहरुले सैलूनको मुख्य प्रवेशद्वारा टाँगिएको रिबन काटेका थिए भने पुरुष सेलिब्रेटीहरुले केक काटेर सैलैन उद्घाटनको जनाउ दिएका थिए । सौन्दर्य क्षेत्रमा गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको सैलूनको रिबन काट्नेहरुमा करिश्मा मानन्धर, कोमल ओली, दीपाश्री निरौला, कुञ्जना घिमिरे र सविना कार्की थिए । केक काट्ने सेलिब्रेटीहरुमा भुवन केसी, दिनेश डिसी, निर्मल शर्मा, सुवास ढकाल, विल्सन विक्रम राई, राजेशपायल राई र योगेश्वर अमात्य थिए । 

समारोहमा ट्रेन्ड सेटर्स सैलूनकी ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्कीले ट्रेन्ड सेटर्सबाट सेवा लिइसकेको बताउँदै सैलुनमा अन्तर्राष्ट्रियस्तरको सुविधा उपलब्ध भएको बताइन् । समारोहमा नायिका कार्कीले सैलूनले शनिवारदेखि नै प्रारम्भ गरेको स्मार्ट कार्डको समेत शुभारम्भ गरिन् । सैलूनका अध्यक्ष सुदिप रेग्मीले प्रियंकालाई २० हजार रुपैयाँ बराबरको स्मार्ट कार्ड उपलब्ध गराएका थिए । प्रियंकाले ट्रेन्ड सेटर्स हेयर एन्ड ब्युटी एकेडेमी एन्ड रिसर्च सेन्टरको समुद्घाटन गरेकी थिइन् । समारोहलाई सम्बोधन गर्दै सैलूनका निर्देशक आशिष भट्टराईले सैलूनले गुणस्तरीय सेवालाई प्राथमिकता दिएको बताए । अन्तर्राष्ट्रियस्तरको सजावटमा लक्जरियस सौन्दर्य सेवा नेपालमै उपलब्ध गराउने चाहनाबाट ट्रेन्डसेटर्स अग्रसर छ । 

हेयर कट, हेयर कलर, हेयरस्ट्रेट, हेयर ट्रिटमेन्ट, हेयर एक्सटेन्सन, फेसियल, म्यानिकेयर–पेडिकेयर लगायतका सौन्दर्यसम्बन्धित १ सय भन्दाबढी सेवा टे«न्डसेटर्सले उपलब्ध गराउनेछ । टे«न्डसेटर्समा विश्वका उत्कृष्ट एवं ख्यातिप्राप्त ब्रान्डका उत्पादन सेवाका निम्ती प्रयोग गरिने बताइएको छ । उपभोक्ताको हितका निम्ति सौन्दर्य सम्बन्धी परामर्श दिने, औसत शुल्कमा स्तरीय सेवा प्रदान गर्ने, सेवाग्राहीलाई उत्कृष्ट हस्पिटालिटी सर्भिस दिने जस्ता टे«न्डसेटर्सका थुप्रै विशेषता छन् । 

व्यस्त हुँदै गएको शहरी जीवनलाई मध्यनजर गर्दै घरबाटै समय मिलाइ ट्रेन्डसेटर्समार्फत सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । छोटो समयमै नेपालका सेलिब्रेटीहरुले सौन्दर्य सम्बन्धी सेवा लिने पहिलो रोजाईको सैलुन बनेको छ, ट्रेन्डसेटर्स । यस्तै नेपालका चर्चित व्यवसायी, बैंकर्स, चिकित्सक, इन्जिनियर, पाइलट, योङ आन्टरप्रेर्सको प्राथमिकतामा यो सैलुन परेको छ । २० वर्षदेखि सौन्दर्य सम्बन्धी शिक्षा प्रदान गर्दै आएका तालिमकर्ताबाट यससम्बन्धी ज्ञान प्रदान गरिने छ । विभिन्न प्रकारका सौन्दर्य सम्बन्धी प्रशिक्षण र तालिम उपलब्ध गराई युवाहरुलाई दक्ष बनाउन संस्था प्रतिबद्ध रहेको जनाएको छ ।

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook