सनसनीपूर्ण खबर : भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्ने आइएसको यस्तो खतरा धम्की

एजेन्सी : भारतीय पर्यटकीय सहर गोवामा एउटा बेनामे पत्र फेला परेको छ जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री मनोहर पर्रिकरको हत्या गर्ने धम्की दिइएको छ । आतंकवादी संगठन आइएसको चिन्ह अंकित यस पत्रलाई गोवा पुलिसले राज्यका सबै पुलिस कार्यालमा पठाएको छ । 

गोवा पुलिसले पत्र भेटिएको घटनालाई अनुसन्धानका लागि अपराध निरोधक दस्ता (एटीएस) लाई जिम्मा दिएको छ । गोवा पुलिसका एक वरिष्ठ अधिकारीले बताए अनुसार गत साता राज्य सचिवालयमा यो धम्कीसहितको पत्र मिलेपछि गोवा पुलिस सक्रिय भएको हो । अधिकारीले बताए अनुसार राज्य पुलिसका सबै एजेन्सी यो पत्रको जाँचमा जुटेका छन् । 

'हामी चाँडै नै यो पत्र कहाँबाट पठाइएको हो पत्ता लगाउँछौं', ती प्रहरी अधिकारीले भने, 'पत्रसँगैको पोस्टकार्डको तल्लो भागमा आइएसआइएसको चिन्ह अंकित रहेको छ ।' यो पत्र देशमा गोहत्यामाथि लगाइएको प्रतिबन्धलाई लिएर देखाइएको रिसको रुपमा लिइएको छ ।

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook