अमेरिकामा हिउँको थुप्रोमा नायिका रञ्जना शर्माले यसरी तिघ्रा देखाए
काठमाडौं । अमेरिकामा पुगेका नेपाली कलाकार यतिबेला हिउँसँग रमाइरहेका छन् । महाशक्ति राष्ट्रको जनजीवन ठप्प बनाइदिने हिमपात नेपालबाट नेपालबाट गएका कलाकारहरुका लागि भने उत्सव झैं भएको छ ।
थुप्रै नेपाली सेलिबि्रटी हिँउसित खेल्दै थरीथरीका पोजमा फोटो खिचेर फेसबुकमा हाल्न तल्लिन छन् यतिबेला । अमेरिका आएपछि पहिलोपटक यति धेरै हिउँ देखेको बताउने नायिका रञ्जना शर्मा भन्छिन्, ‘अहिले कुल छु, तर पनि हिउँको मज्जा लिँदै छु ।’ उनले हिँउको थुप्रोमाथि तिघ्रा देखाएर फोटोसेसन गरेकी छिन् ।
नायक राजबल्लभ कोईरालाले हुरी चल्दै गरेको भिडियो पोष्ट गरेका छन् । अर्को भिडियोमा हिउँसँग रमाउदै गरेका देखिन्छन् उनी । नायक मुकेश ढकालले पनि हुरी चल्दै गरेको भीडियो पोष्ट गरेका छन् । नायिका ऋचा घिमिरेले घरकै बार्दलीमा रमाउँदै गरेका छोराहरुको तस्विर पोष्ट गरेकी छिन् ।
अमेरिकामै निर्मित म्युजिक भीडियोमा अभिनय गर्दै आएकी यत्ना कार्कीले आफ्नै घर अगाडी रमाउदै गरेको तस्विर पोष्ट गरेकी छिन् । अर्का गायक कन्हैया सिंह परियारले भीषण हिँउपातलाई चुनौति दिँदै बाहिर निस्केको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘नेपालगञ्जमा जन्मेको हिमालको धनी देश नेपालको छोरो हुँ ।’ निर्देशक श्याम भट्टराईले आजको अनुहार भन्दै आफ्नै फोटो पोष्ट गरेका छन् ।
श्रोत : अनलाइन खबर
श्रोत : अनलाइन खबर


0 comments
Write Down Your Responses