काठमाडौं, ९ वैशाख । पत्रकारसँग नजिक हुन चाहने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज अचानक रिसाएर आफू बोल्दाबोल्दैको टेलिफोन फ्याकिदिएका छन् ।
नेपालवाणी रेडियो नेटवर्कको वाणीबहसमा आज बिहान पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा प्रश्नको जवाफ दिँदै गर्दा रिसाउँन पुगेका अध्यक्ष यादवले टेलिफोन फ्याकेर अन्तर्वार्ता दिएका थिएनन् ।
संघीय गठबन्धनभित्र मधेसी मोर्चाको बिबाद र विदेशीसँग हुन लागेको आजको भेटवार्ताका विषयमा सोधिएको जिज्ञासासँग रिसाएका उपेन्द्रले कुरागर्न नमानेर टेलिफोन फ्याकेको पत्रकार धमलाले बताए ।
‘आज उपेन्द्र यादवजीले अस्वभाविक व्यवहार देखाउनुभयो’, पत्रकार धमलाले भने, ‘उहाँसँग समय लिएर मैले अन्तर्वार्तामा बोलाएको हुँ ।’
अन्तर्वार्ताको सुरूमै मधेसी मोर्चाभित्रको बिबाद र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँगको व्यक्तिगत टकरावलाई लिएर सोधिएको प्रश्नको जवाफ दिन नमानेर चिडिएका अध्यक्ष यादवले भनेका थिए, ‘यो सब केपी ओलीको षड्यन्त्र हो । राजेन्द्र महतोको बारेमा मसँग किन सोध्ने ? मलाई राजेन्द्रसँग लडाउने ? मेरो सम्बन्ध राम्रो छ । छाड्नुस् ! म फोन राखिदिन्छु । सरकारमा जो आउँछ त्यसैको प्रवक्ता हो ऋषि धमला । ऋषि धमला सरकारको मान्छे हो ।’
कुरागर्दा गर्दै रिसाएर पत्रकार धमलालाई जथाभावी बोलिरहेका अध्यक्ष यादवले भने, ‘आन्दोलन सबैतिरबाट हुन्छ । केपी ओलीको भाषा बोलेर तपाईले मलाई नसोध्नुस् ।’
संघीय गठबन्धनभित्रको बिबादका कारण चिढिएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले संघीय गठबन्धन र मधेसी मोर्चामा कुनै पनि प्रकारको बिबाद नरहेको भन्दै आक्रोश पोखेका थिए ।
उपेन्द्र यादव र ऋषि धमलाको झण्डै…त्यसपछि फोन फालिदिए

0 comments
Write Down Your Responses