भनिन्छ, श्रीमान– श्रीमतीको झगडा भनेको परालको आगो हो । आगो जति नै दन्के पनि केही समयमा आफै निभ्छ । तर कतिपय आगो त्यस्तो हुन्छ जुन आगोले परालमात्र डढाउँदैन त्यसले घर र धेरैको मन डढाउँछ । ठीक यस्तै घटना घटेको छ नवलपरासी जिल्ला विजयपुरी, २ सेउरानी गाविस स्थित ३० वर्षीय प्रताप कुमालको घरमा ।विगत लामो समयदेखि श्रीमान र श्रीमतीको झगडा रहेको र श्रीमती चौधरी ग्रुपको चाउचाउ उद्योगमा राती काम गर्ने गर्थिन । श्रीमतीले राती काम गरेको श्रीमानलाई खासै चित्त बुझेको थिएन । एक स्थानीय बासिन्दाले भने, ‘श्रीमानले लामो समयदेखी राती काम नगर भन्दै आएका थिए, श्रीमतीले नमान्दा घर झगडा बढदै गएको थियो । शनिबार पनि साँझ खाना खाने समयमा झगडा भएको र झगडा पछि श्रीमती कार्यालय तर्फ गएपछि श्रीमान प्रताप कुमालले दुई छोराहरु ९ वर्षका प्रदिप कुमाल र ७ वर्षको एन्जील कुमाल लिएर जंगल तर्फ गएको स्थानीयको भनाई छ । बाबु प्रताप कुमालले छोराहरुलाई दाउन्ने बजारमा लगेर चाउचाउ र तरकारी खुवाएको बताईएको छ । उनीहरुले खाजा खाएपछि जम्बो कोक समेत लिएर गएको प्रत्यक्ष दर्शीले बताए ।स्थानीयका अनुसार बाबुले दुई छोरालाई रातको समयमा स्थानीय बौद्व गुम्बातर्फ लैजाँदै गर्दा छोराहरुले बाबा कहाँ जान लागेको भनेर सोध्दा आउन लाग्यो केही समयमा नै आईपुग्छ भन्दै लगेको बताइएको छ । रातको लगभग १० देखी १२ बजेको बिचमा घटना घटेको स्थानीयको अनुमान रहेको छ । मृतक बालकको मुखमा सेतो फिज देख्दा पहिला छोराहरुलाई विष खुवाएर मारेका र पछि आफुले आत्माहत्य गरे्को हुनसक्ने पुर्वानुमान गरिएको छ । उनीहरुको साथबाट विष, दुई ओटा डोरी, कोक फेला परेको छ । गुम्बामा रहेका भिक्षुहरुले सरसफाई गर्दा उनीहरुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । छोराहरुले नेपाल मावी लेखेको पेटी लगाएको स्थानीयको भनाई छ । घटनाको विषयमा अध्ययन गरि रहेका छौं प्रहरी परिसर दाउन्नेका डिएसपी पर्शुराम तिवारीले लाइटनेपाल डटकमसँग भने,‘घटना निकै शंकास्पद देखिएको छ । मृतकका आफन्तलाई बोलाएर मृतकको शव पोष्टमाटमका लागि दुमकोली स्थित सरकारी अस्पतालमा पठाएको छौं, अनुसन्धान जारी छ ।
बाबुले गरे दुई छोरालाई बिष खुवाएर अनि आफु पनि नजिकैको रुखमा झुण्डीएर आत्महत्या ? आखिर किन ? पुरा पढौ !!

0 comments
Write Down Your Responses