काठमाडौं—भारतीय सीमा सुरक्षा बलले नेपाल भूमि प्रवेश गरेर गाेली प्रहार गरी चार नागरिक घाइते बनाएको सम्बन्धमा बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारवाही गर्न भारत सरकारसँग माग गरेको छ। घटनाको प्रारम्भिक छानवीन गर्न र घटनामा संलग्नहरुलाई कडा कारवाही गर्न मन्त्रालय आग्रह गर्दछ', विज्ञप्तिमा भनिएको छ।
भारतीय सुरक्षाकर्मी नेपाली भूभाग प्रवेश गरी गोली प्रहार गरेको भन्दै परराष्ट्रले किटान गरेको छ। घटना सम्बन्धमा परराष्ट्रले बुधबार नै गम्भीर आपत्ति जनाउँदै काठमाडौं स्थित भारतीय दूतावासलाई पत्र पठाउँदै यथार्थ विवरण मागेको थियो। साँझ विज्ञप्ति जारी गर्दै भारतीय दूतावासले एसएसबी नेपाल प्रवेश नगरेको र कोही नेपाली नागरिक घाइते नभएको झुटो, कपोलकल्पित र भ्रामक विज्ञप्ति जारी गरेको थियो।
एसएसबीले गोली चलाउँदा सुनसरीको हरिपुर–७ का अशोक यादव, मनोज यादव, सरोज यादव र नरेश यादव घाइते थिए।
भारतीय सीमा सुरक्षा बलले नेपाल भूमि प्रवेश गरेर गाेली प्रहार गरी चार नागरिक घाइते बनाएको

0 comments
Write Down Your Responses