हार्इ भाेल्टेजमा बिद्युत प्रवाह हुदा सिन्धुपाल्चाैकमा एककाे मृत्यु : चार घाइते.... हेर्न तल क्लिक गर्नुहोस....

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा उच्च विद्युत् प्रवाहबाट गए राति एक जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा ४८ वर्षीय सोमलाल तामाङ छन् । बत्ती बाल्न बिजुलीको स्वीच दबाउँदा एक्कासि उच्च विद्युत् प्रवाह भई करेन्ट लागेर घाइते भएपछि उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय जलविरेका इन्चार्ज प्रहरी नायब निरीक्षकका अनुसार घाइते हुनेमा मृतककी श्रीमती ४४ वर्षीया देशमायाँ तामाङ, ३५ वर्षीया सुन्दरी तामाङ, १५ वर्षीया मीना तामाङ र १५ वर्षीया सञ्चलक्ष्मी तामाङ छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र जलविरेमा उपचार पछि थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पतालमा लगिएको छ । नेपाल विद्युत् प्राधिकरणको लापर्बाहीका कारण विगत पाँच वर्षको अवधिमा उच्च विद्युत् प्रवाहबाट जिल्लामा करिब दुई दर्जन व्यक्तिले अकालमा ज्यान गुमाइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । रासस

0 comments

Write Down Your Responses

Follow on Facebook