न्यूरोडमा मध्यराति अचम्मको मृत्यु<<<>>>> जेठो छोराले बुबाआमालाई जुत्तै–जुत्ताले कुटेपछि घरसँगको सम्बन्ध सकिएको थियो

काठमाडौं–धन हुनु पनि अभिसाप नै रहेछ । यदि त्यस्तो नहुँदो हो त, खिचापोखरीको एउटा जोडीले न बाँचेर सुख पाउँथ्यो, न मरेर नै ! राजधानीको मुटु न्युरोडका धनाढ्य बिर्जुरत्न तुलाधर र मलेखुतिर ‘मिठाईं’ नामले चिनिने चन्द्रा त्रिपाठीको जीवनमा आएको असहजता हेर्दा भन्न सकिन्छ, सम्पत्तिले मान्छेलाई तनको ‘धनी’ त बनाउँछ, तर मनैदेखि ‘सुखी’ भने बनाउँदैन रहेछ ! बिर्जु करिब तीन अर्ब सम्पत्तिका मालिक ! सटर र कबलबाट मात्र मासिक ३१ लाख भाडा उठाउने ! दुई वर्षदेखि स्मरणशक्ति क्षय हुने अल्जाइमर रोगले ग्रस्त छन् । आइतबार बिहान बिर्जुलाई अस्पताल भर्ना गरियो, त्यसअघि पत्नि चन्द्रा शौचालयभित्रै ‘लाश’ बनेर लडिन् । पतिलाई अस्पताल लगेपछि बल्ल ७४ वर्षीया पत्नीको शव निकालियो । नत्र उनी पनि सक्ड हुनसक्थे । चन्द्रा बिर्जुकी कान्छीपत्नि हुन् । एक महिनाअघि मात्र पतिबाट सम्पत्ति नामसारी पाएकी थिइन् । आइतबार बिहान अकस्मात उनको निधन भयो । निधनपछि पार्थिव शरीर पोष्टमार्टमका लागि शिक्षण अस्पताल टिचिङ अस्पताल पुर्याइयो । प्रहरीमा टिपाइएको रिपोर्टअनुसार, शौचालयमा बिहान ७ बजे लडेको अवस्थामा भेटिएको हो । काम गर्नेले देखेपछि नातापातालाई खबर गरे । त्यसपछि सल्बलाउने पालो जेठीतिरको सन्तानको । चन्द्रा निःसन्तान थिइन् । जेठीतिरको छोरीसँग उद्योगपति तथा शाहीकालिन राज्यमन्त्री अर्थ डा. रुपज्योतीले विवाह गरेका छन् । जेठो छोराले बुबाआमालाई जुत्तै–जुत्ताले कुटेपछि घरसँगको सम्बन्ध सकिएको थियो । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Follow on Facebook