२८,चैत,काठमाण्डौं । कुनै समय समाज परिवर्तन गर्न बन्धुक भिरेर हिडेका अधिकाशं माओवादी कार्यकता हिजोआज अरबको प्रचण्ड गर्मीमा कठिन श्रम गर्न वाध्य छन् । तर मुत्ति या मृत्युको सपथ खाएर देश बनाउछौं भन्ने माओवादी नेताका छोराछोरीले भने अधिकाशंले जनयुद्धमा बन्धुक बोकेनन् । अरुका छोराछोरीलाई बन्धुक भिराएर उनीहरुकै लाश र रगतबाट जन्मीएको जनयुद्धको म्याण्डेडबाट कतिपयले सत्ताको स्वाद लिइसकेका छन भने कतिपय अझै क्रान्तिको रटान गर्दै हिडेका छन् । तर जनयुद्धका कमाण्डर भनिएका माओवादी नेताका छोराछोरी कहाँ छन त हामीले खोज्ने प्रयास गरेका छौं । प्रचण्ड,अध्यक्ष एमाओवादी राजनीति, सुँगुर–गाईपालनदेखि जवाहरलाल नेहरु विश्वविद्यालयसम्म छन् । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालका प्रचण्डका तीन छोरी र एक छोरामध्ये जेठी छोरीको मृत्यु भइसकेको छ । उनकी जेठी छोरी ज्ञानु केसी दाहाल हुन् । राजनीतिमा सक्रिय रहेकी ज्ञानुको मृत्यु केही समयअघि स्तन क्यान्सरबाट मृत्यु भएको थियो । प्रचण्डकी माहिली छोरी रेणु दाहाल पाठक हुन् । उनी प्रवेशिका उत्तीर्ण हुन् । उनी जनयुद्धकालदेखि नै पार्टीमा क्रियाशील छिन् । उनी गत चुनावमा काठमाडौं क्षेत्र नं. १ बाट लडेकी थिइन् । गंगा दाहाल प्रचण्डकी कान्छी छोरी हुन् । एमाओवादीको राज्य समिति सदस्य रहेकी गंगा त्यति चर्चामा छैनन् । उनी खासै पार्टीको नेतृत्व तहमा पुग्न सकेका छैनन् । अघिल्लो श्रीमानसँग सम्बन्धविच्छेद गरेकी गंगाले आफूभन्दा कम उमेरका आचार्य थरका युवासँग बिहे गरेकी छिन् । प्रकाश दाहाल प्रचण्डका एक मात्र छोरा हुन् । बिहे तथा विभिन्न विवादास्पद गतिविधिका कारण प्रकाश चर्चामा रहिरहन्छन् । अध्यक्ष प्रचण्डको स्वकीय सचिवालयबाट हटाइएका प्रकाश पछिल्लो समय बंगुर र गाईपालनमा लागेका थिए,हाल फेरि प्रकाश प्रचण्डसंगै छन् । पछिल्लोपटक पार्टीको विद्यार्थी संगठनमा क्रियाशील वीना मगरसँग बिहे गरेपछि उनीप्रति सार्वजनिक रुपमा निकै टिप्पणी हुने गरेको छ । बाबुराम भट्टराई,पुर्व माओवादी नेता वरिष्ठ नेता डा. बाबुराम भट्टराईको एक मात्र सन्तानको रुपमा रहेकी मानुषि यमि भट्टराई भारतीय दूतावासको छात्रवृत्तिमा भारतको प्रतिष्ठित ‘नेहरु विश्वविद्यालय’मा विद्यावारिधि (पीएचडी) गदैर्छिन । मानुसी त्रिभुवन विश्वविद्यालयको स्ववियु सचिव पनि हुन भने फागुन १ गते जनयुद्ध दिवसकै दिन उनी लगनगाठोमा कसीसकेकी छन् ।अमीक शेरचन हाल निष्क्रिय रहेका एमाओवादी नेता अमिक शेरचनका तीन छोरा श्रमिक, पमिक र क्रमिक तथा एक छोरी अमृता छिन् । २०५२ सालमै पाइलटको अध्ययन सकेका श्रमिकलाई बाबु कम्युनिस्ट पार्टीमा लागेको आरोपमा तत्कालीन कांग्रेस सरकारले जागिर दिन इन्कार गरेपछि उनी अमेरिकातिर छिरेका हुन । कम्प्युटर इन्जिनियर पमिक र व्यवस्थापनमा स्नात्तक कान्छो क्रमिक नेपालमै रहे पनि राजनीतिमा क्रियाशील भने छैनन् । छोरी अमृता पनि बेलायततिरै घरजम गरेर बसेका छन् । कृष्णबहादुर महरा एमाओवादी महासचिव कृष्णबहादुर महराका दुई छोरा र दुई छोरी गरी चारै सन्तान जनयुद्धकालदेखि नै राजनीतिमा सक्रिय छन् । तत्कालीन जनमुक्ति सेनाको बटालियन कमान्डर जेठो एटम महरा दाङमा माओवादी नेता छन भने राहुलले पनि जनमुत्ती सेनाबाट स्वेच्छिक अवकाश लिएका थिए भने ठूली छोरी उन्नति पार्टी राज्य समिति सदस्य छिन् । कान्छी कुश्मा सांस्कृतिक संगठन सामना परिवारमा आवद्ध थिइन,हाल समाना परिवार छिन्नभिन्न अवस्थामा छ । टोपबहादुर रायमाझी टोपबहादुर रायमाझी पटक–पटक मन्त्री बनेका माओवादी नेता हुन भने हालको सरकारमा उनी उपप्रधानमन्त्री छन् । टोपबहादुर रायमाझीका छोरा सञ्जीव र छोरी दुवै स्नात्तक अध्ययन गरिरहेका छन् । उनीहरु राजनीतिमा छैनन् । वर्षमान पुन युवा नेता विप्लवलाई साइड लाएर प्रचण्डका विश्वासपात्र बन्न सफल वर्षमान पुनकी १५ वर्षीय छोरी शिला र १० वर्षका छोरा उत्सव राजधानीको एक प्रतिष्ठित थता निकै महंगो निजी विद्यालयमा अध्ययनरत छन् । नारायणकाजी श्रेष्ठ र सचिव गिरिराजमणि पोख्रेल भने अविवाहित छन् । मोहन वैद्य मोहन वैद्यकी छोरी विवाह गरेर अष्ट्रेलियामा छन् । मातृका यादव माृतका यादवका छोरा भारतको दिल्लीमा अध्ययनरत छन् । कांग्रेसी नेताका सन्तानलाई भारतदेखि अमेरिकासम्मको छात्रवृत्ति नेपाली कांग्रेसका अधिकांश नेताका छोराछोरी भने विदेशमा अध्ययन गरेकाहरु छन् । सभापति तथा प्रधानमन्त्री सुशील कोइराला जीवनभर अविवाहित रहदै प्राण त्यागे । रामचन्द्र पौडेलका चार छोरी र एक छोरा छन् । उनकी ठूली छोरी शर्मिला र माइली सन्ध्या घरगृहस्थीमै सीमित छन् भने साइँली अनुजा र कान्छी अवज्ञा जापान र अमेरिकामा पढाइ सकेर हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । एक मात्र छोरा चिन्तन भने भारतीय दूतावासको छात्रवृत्तिबाट भारतकै बेङ्लोरमा कम्प्युटर इन्जिनियर अध्ययन गरिरहेका छन् । हाल उनी एक निजी कम्पनी चलाएर बसिरहेको बताइन्छ । कांग्रेसका सभापति शेरबहादुर देउवाका एक मात्र छोरा जयवीरसिंह अहिले काठमाडौंको महँगो कलेजबाट प्लस टु सकेर अध्ययनका लागि अमेरिकामा छन् । प्रकाशमान सिंहका छोरा प्रभासमान र भास्करमान दुवै राजनीतिमा क्रियाशील छैनन् । कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् । भारतीय दूतावासको छात्रवृत्तिमा चेन्नईमा इलेक्ट्रिक इन्जिनियरिङ पढेका छोरा श्यामप्रसाद सिटौला अहिले पनि उतै जागिर खाएर बसिरहेका छन् । ठूली छोरी चपदीप्ति सिटौलाले नेपालमै अध्ययन गरेर देशको चर्चित कलेजमा अध्यापन गराउनुका साथै संयुक्त राष्ट्रसंघको एक संस्थामा समेत जागिर गरिसकेकी छन् भने कान्छी रीतदीप्ति सिटौला अहिले अमेरिकामा विद्यावारिधि (पीएचडी) अध्ययन गरिरहेकी छन् ।
के गर्दैछन्, माओवादी नेताका सन्तानहरु,कांग्रेसका भने भारतदेखि अमेरिकासम्म

0 comments
Write Down Your Responses