अर्कैकी श्रीमति भएको थाहा पाएका आकाश सबोच्चको फैसाला पछि झन् छक्क

वीरगन्जः झुटो मायाजालमा पारेर प्रेमीको एक करोड भन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा नौ महिनादेखि जेलमा रहेकी प्रेमिका रिहा भएकी छन् ।

वीरगन्ज मुर्लीका युवक आकाश सिकारीयालाई प्रेमको झुठो आश्वासनमा पारेर एक करोड ६ लाख रुपैयाँ ठगी गरेकी युरिका ढकाललाई जिल्ला अदालत पर्साले गत साउन २० गते पुर्पक्षका लागि जेल चलान गरेको थियो ।

साउनदेखि वीरगन्ज कारागारमा रहेकी युरिकालाई सर्वोच्च अदालतले बिहीबार साधरण तारेखमा रिहा गर्न आदेश दिएपछि उनी शुक्रबार कारागारबाट रिहा भएकी हुन् ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय गोविन्दकुमार उपाध्याय र दीपकराज जोशीको इजलाशले युरिकालाई साधरण तारखेमा रिहा गर्न आदेश दिएको थियो ।
गत साउन २० गत पर्सा जिल्ला अदालतले र कात्तिक १२ गते पुनरावेदन अदालत हेटौँडा दुवैले भने  युरिकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए ।
सर्वोच्च अदालतको आदेशमा पुनरावेदन अदालत आदेश बदर गरिएको उल्लेख छ । तर जिल्ला अदालतको आदेशबारे भने सर्वोच्चको आदेशमा केही उल्लेख छैन ।
सर्वोच्च अदालतमा बिहीबार भएको बहसमा जाहेरवाला आकाशको तर्फबाट अधिवक्ताहरु वीरेन्द्रप्रसाद यादव, सन्तोषकुमार महतो तथा निवेदक युरिकाको तर्फबाट वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, अधिवक्ताहरु सोमनाथ सापकोटा र गजेन्द्रबहादुर थापा तथा विपक्षी नेपाल सरकारको तर्फबाट उपन्यायाधीवक्ता हरिशंकर ज्ञवालीले बहश पैरवी गरेका थिए ।
साउन २० गते जिल्ला अदालतमा सरकारी वकिल र अदालत दुवैसँगको बयानका क्रममा युरिकाले आफूले आकाशसँग पटक पटक गरेर ७९ लाख रुपैयाँ रकम लिएको स्वीकार गरेकी थिइन् ।
यस्तै दुवै बयानमा युरिकाका बुवा हिक्मत ढकालले पनि आफूले आकाशसँग ६ लाख ९० हजार रुपैयाँ लिएको सकारेका थिए ।

आकाश सिकारीया, पेट्रोलियम पर्दाथर्का व्यवसायी रामजी सिकारीयाका छोरा हुन् । युरिका झापाको अर्जुनधारा गाविस–२ स्थायी घर भइ हाल ललितपुर उपमहानगरपालिका–१४ निवासी हिक्मत ढाकालकी कान्छी छोरी हुन् ।
युरिकाले मायाप्रेमको झुटो जालमा पारेर आफुसँग एक करोड ६ लाख रुपैयाँ ठगी गरेको भन्दै आकाशले गत असार महिनामा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए ।
आकाशको उजुरीको आधारमा पर्सा प्रहरीले युरिका, उनका बुबा हिक्मत र भाइ मन्जिललाई गत असार २८ गते ललितपुरबाट पक्राउ गरि तीनैजना विरुद्ध ठगी मुद्दा दर्ता गरेको थियो ।
चार वर्षदेखिको प्रेम सम्बन्धलाई साकार पार्न आकाशले काठमाडौँमा रहेकी प्रेमिका युरिकालाई बिहे गर्नका लागि गत जेठ १० गते वीरगन्ज बोलाएका थिए ।
तर, काठमाडौँबाट वीरगन्ज आएकी युरिकाले आफू अर्कैकी श्रीमति भएकाले बिहे नगर्ने बताएपछि आकाशले आफू ठगिएको थाहा पाएका थिए ।
अविवाहित भनिएकी पे्रमिका अर्कैकी श्रीमति भएको थाहा पाएपछि आकाशले युरिकाविरुद्ध ठगीको मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए ।
आकाशले आफुसँग पटक पटक पटक गरेर युरिका, उनका बुबा र भाइले एक करोड ६ लाख रुपैयाँ ठगेको आरोप लगाएका छन् ।
७९ लाख रुपैया बैंक र आइएमईमर्फत युरिका र उनकी दिदी अरिका महतको खातामा तथा बाँकी २७ लाख रुपैयाँ नगद नै दिएको आकाशको भनाइ छ ।
उजुरीसँगै आकाशले युरिकाको बैंक खातामा रकम पठाएको बैंकको स्टेटमेन्ट, युरिकाले बनाएका दुई नागरिकता लगायतका प्रमाणहरु पनि पेश गरेका थिए ।
युरिकाको सात वर्ष पहिले काठमाडौंको महाबौद्ध निवासी भुपेन्द्रराज भण्डारीका छोरा लोकेन्द्र राजभण्डारीसँग बिहे भइसकेको छ । उनका ६ वर्षका छोरा पनि छन् । अन्नपुर्ण पोष्टबाट

0 comments

Write Down Your Responses

Follow on Facebook