गर्मीले ४३ वर्षको रेकर्ड तोड्यो, १३० को मृत्यु

गर्मी दिन प्रतिदिन बढिरहेको छ । गर्मीका कारण भारतका विभिन्न बस्तीहरुमा तातो हावा (लू) चल्न थालेको छ । लूका कारण आन्द्रप्रदेशको तेलंगनामा एकसय भन्दा बढी मानिसको मृत्यु भएको छ भने ओडिशामा ३० जनाले ज्यान गुमाएका छन् । यस वर्षको गर्मीले अघिल्लो ४३ वर्षको रेकर्ड तोडेको हैदराबाद मौसम विभागले जनाएको छ । हैदराबाटमा बिहीबार मापन गरिएको मौसममा त्यहाँको तापक्रम ४३ डिग्री सेल्सियस रहेको थियो । त्यहाँको मौसम विभागले केही दिनमा त्यहाँको मौसम ४५ डिग्री भन्दा माथि पुग्ने अनुमान गरेका छन् । दक्षिणी भारतका साथै तेलंगना, रायलसीमा लगायतका क्षेत्रको तापक्रम तीन डिग्री सेल्सियससम्म बढ्न सक्ने मोसम विभागले जनाएको छ । दिल्ली तथा दक्षिणी भारतमा पनि तापक्रम बढ्ने मौसम विभागले जनाएकोछ । मौसम विभागले बिहीबारदेखि तापक्रम घट्ने दाबी गरेको भएपनि बिहीबार नै मापन गरिएको तापक्रमले विगत ४३ वर्षको रेकर्ड तोडेको छ । तेलंगानामा बिहीबार ४४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो भने हैदराबादमा ४३ वर्षको रेकर्ड तोड्‌दै ४३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । त्यस्तै ओडिशाको कटक, खुर्दा, बालासोर तथा जगतसिंहपुरमा ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । दिल्लीमा ४१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ । बढ्दो गर्मीका कारण आन्द्रप्रदेशका साथै तेलंगनामा अझै गर्मी बढ्ने तथा निजामावाद, हैदरावाद, रंगारेड्डी, नलगोडा तथा अन्य केही जिल्लामा लू चल्ने खतरा रहेको मौसमको जानकारी दिने एक एजेन्सीले दाबी गरेको छ ।

0 comments

Write Down Your Responses

Follow on Facebook