कलाकार नै उस्ता या त हल्लै बेसी, कलाकारितामा लाग्ने अधिकांशको नाम विपरीत लिंगीसँगको सम्बन्धका कारण ‘गसिप’ बन्ने गर्छ । चर्चा कुनै सत्य होलान्, त कुनै हल्ला मात्रै । कतिपय कलाकार यस्ता ‘गसिप’का कारण पीडित हुनुपरेको गुनासो पनि पोख्छन् । मुख्यतस् विवाह गरिसकेका कलाकारको जीवनमा परपुरुष या परस्त्रीसँग सम्बन्ध जोडिएर आएका ‘गसिप’ले समस्या निम्त्याउनु अस्वाभाविक होइन ।
दीपकराज गिरी पनि नेपाली कलाकारिताका यस्ता पात्र हुन्, जसको नाम परस्त्रीसँगको सम्बन्धका कारण ‘गसिप’ बनिरहने गर्छ । लामो समयदेखि निकै आत्मीय बनेर एउटै पर्दामा सहकार्य गर्दै आएकी कलाकार दीपाश्री निरौलासँग दीपकको सम्बन्धका कुरा धेरै नै बाहिर आए । विवाहित दीपकराज र अविवाहिता दीपाश्रीलाई ‘फ्यान’हरूले ‘पर्दामा मात्रै होइन, वास्तविक जीवनमै घरजम गरेको भए‘’ भन्नेसम्मको ‘कमेन्ट’ नगरेका पनि होइनन् । तर, दीपक र दीपा एक–अर्कालाई केवल ‘क्लोज फ्रेन्ड’ भन्छन् ।
उनीहरू ‘लभिङ एन्ड केयरिङ’मा एक–अर्काप्रति निकै गम्भीर छन् । केही समयअघि नयाँ पत्रिकासँगको कुराकानीमा दीपकले भनेका थिए, ‘दीपा स–साना कुरामा पनि ख्याल राखिदेओस् भन्ने चाहन्छिन् । एकपटक ‘बर्थडे विस’ गर्न भुल्दा झगडा नै पर्यो । हामी निकै ‘क्लोज’ भएकाले यस्तो परिस्थिति आएको हो ।’
दीपक र दीपाका सम्बन्धबारे बन्नुसम्म ‘गसिप’ बन्यो । घरजम गरिसकेका र सन्तानका बुबा बनिसकेका दीपकलाई सुरुवाती अवस्थामा यस्ता ‘गसिप’ले टाउको नदुखाएको होइन । आफ्नो श्रीमान्को नाम परस्त्रीसँग जोडिएर पत्रिकामा खबर आउँदा जोकोही श्रीमतीको दिमाग खराब भइहाल्छ । तर, दीपकले लामो समय भने टाउको दुस्खाउनुपरेन । ‘मेरी बुढी एकदम अद्वितीय छिन्,’ श्रीमती मेनुका गिरीबारे दीपक भन्छन्, ‘उनको सोचाइ साँघुरो हुन्थ्यो भने म यहाँसम्म आइपुग्ने नै थिइनँ ।’
अहिले पनि दीपकबारे आक्कल–झुक्कल समाचार आइरहेका हुन्छन् । दीपकका अनुसार अहिले कुनै केटीसँग नाम जोडेर आउने समाचारले घरमा कुनै नकारात्मक असर पार्दैन, बरु रमाइलो हुन्छ । ‘ए बुढा † आएको आयै छ त पत्रिकामा रु’ समाचार पढेर मेनुकाले रमाइलो व्यंग्य हान्छिन् रे । ‘ए, हो र रु किन पढेको त रु’ हाँस्दै दीपकले जवाफ फर्काउँछन् रे ।
‘ह्या, यी केटाहरूको पनि के हो के रु’ भन्दै तत्काल श्रीमतीले नै विषयलाई बिट मारिदिने गरेको दीपक सुनाउँछन् । ‘दीपा र मेरो सम्बन्धका कुरालाई गलत ढंगले धेरैले उचाले, तर घरभित्र त्यो कुरा कहिल्यै ‘इस्यु’ भएन, हामीलाई ‘डिस्टर्ब’ भएन,’ दीपक भन्छन्, ‘मेनुकाको ‘अन्डरस्ट्यान्डिङ पावर’ निकै ‘हाई’ छ ।’
दीपकले मेनुकासँग बिहे गरेको २८ वर्ष भयो । तर, दुईजनाबीच हात छोएरसमेत चर्काचर्की नभएको दीपक बताउँछन् । ‘भगवान्को पनि कानमा नपुगोस्,’ उनी भन्छन्, ‘यस्तो हात छोएरसमेत बुढीसँग कहिल्यै चर्काचर्की भएको छैन ।’ बरु, कतिपय बाहिर आएका कुराको खण्डन नगरेको भन्दै दीपाले चाहिँ कहिलेकाहीँ असन्तुष्टि व्यक्त गरेको उनी बताउँछन्
परस्त्रीसँग नाम जोडिएर समाचार आउँदा… श्रीमतीका कुरा !

0 comments
Write Down Your Responses