इक्वेडरमा ७.८ को भूकम्प : मर्नेको संख्या ४१३ पुग्यो, सुनामीको खतरा

क्वेटो(इक्वेडर)—शनिबार साँझ इक्वेडरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४१३ पुगेको छ। 'भूकम्पमा मृत्यु हुने नागरिकको सङ्ख्या ३५० पुगेको दुःखद खबर हामी जानकारी गराउछौं', इक्वेडरका गृहमन्त्री सेजर नाभसले स्थानीय टेलिभिजनलाई भनेका छन्।इक्वेडरको तटिय क्षेत्रमा शनिबार गएको शक्तिशाली भूकम्पमा यसअघि ३५० जनाको मृत्युभएको सरकारले बताएको थियो। शनिबार साँझ १८:५८ मा गएको ७.८ रेक्टर स्केलको भूकम्प उत्तरपश्चिम तटिय क्षेत्रको आसपास इलाकामा १९ किलोमिटर गहिराइबाट गएको युएसजिएसले जनाएको थियो। equake इक्वेडर सरकारले राष्ट्रव्यापी सङ्कटकालको घोषणा गर्दै पूर्वगठित सङ्कटकालीन उद्धार समितिलाई तत्काल क्रियाशील बनाएको छ। राजधानी क्विटो भूकम्पको केन्द्रविन्दुबाट १७० किलोमिटर मात्र टाढा पर्छ। त्यहाँ ४० सेकेन्डसम्म ठूलो कम्पन गरिएको थियो। भूकम्पले विद्युत तथा टेलिफोन आपूर्ति ठप्प पारेको, सबैभन्दा ठूलो तटियनगर ग्वायाकिलमा एउटा फ्लाईओभर सडक भत्किएर गुडिरहेको एउटा कारमाथि बज्रिएको र एउटा सुपर मार्केटको छानो खसेको जनाइएको छ। त्यस्तै तटियनगर मान्टाको विमानस्थलको कन्ट्रोल टावरमा व्यापक क्षति हुँदा विमानस्थल नै बन्द गर्नुपरेको थियो। -भूकम्प गएको घन्टौसम्म ५.६ रेक्टर स्केलसम्मका सयौँ साना ठूला झड्का आइरहेका थिए। ज्वालामुखी विस्फोटमा र भूकम्पीय सम्भावना अधिक रहेको इक्वेडरमा शक्तिशाली भूकम्पपछि ठाउँठाउँबाट सुनामी छाल उठ्ने सम्भावना रहेको समेत बताइएको छ।

0 comments

Write Down Your Responses

Follow on Facebook