कसैले पनि आफ्नो घरमा नराख्नुस यी १० सामान, दुर्भाग्य बढ्छ

सास/टिप्स । सबै घरमा कुनै न कुनै टुटेफुटेको सामानहरु हुन्छ, तरपनि हामीले त्यो काम नलाग्ने सामान फ्याक्नुको सट्टा उल्टो घरको कुनै कुनामा थुप्र्याएर राखेका हुन्छौं । तर धार्मिक मान्यतालाई हेर्ने हो भने यस्ता केहि टुटेफुटेका सामानहरुले हाम्रो भाग्यलाई समेत प्राभाव पार्ने गर्छ । यदि तपाइको घरमा यी १० मध्ये कुनैपनि सामान छ भने त्यो तपाइको दुर्भाग्यको कारण बन्न सक्छ । मान्यता छ कि, जसको घरमा यी १० सामान हुन्छ त्यस घरमा लक्ष्मीको बास हुँदैन । १. टुटेफुटेको वा चर्केको भाँडाहरु : यसको कारण लक्ष्मीको बास तपाइको घरमा हुँदैन भने धार्मिक विश्वास छ । यसको कारण आर्थिक समस्या हुने तथा कहिलै धनशान्ति हुँदैन । २. भाचिएको खाट वा पलङ : हामीले सुत्नको लागि खाटको प्रयोग गर्छौं । तर धार्मिक मान्यता अनुसार हामी सुत्ने खाटसंग हाम्रो दैनिकी तथा पति-पत्नी बीचको सम्बन्ध जोडिएको हुन्छ । यदी यस्ता खाट घरमा छ भने पारिवारिक कलह बढ्छ तथा पतिपत्नी बिचको सम्बन्ध बिग्रन्छ भन्ने धार्मिक मान्यता छ । ३. फुटेको ऐना वा सिसा : फुटेको सिसा वा ऐनाले धेरै कुराको प्रतिनिधित्व गरेको हुन्छ । बिशेषगरि यस्तो फुटेको सिसा वा ऐनाको कारण आर्थिक घाटा गराउने काम गर्छ भन्ने मान्यता छ । साथै मानसिक तनाव तथा अशुभ समयको संकेत गराउने गर्छ । ४. फुटेको फोटो फ्रेम: यदी तपाइको घरमा फोटो फ्रेमको सिसा फुटेको अवस्थामा छ भने त्यसलाई तत्काल हटाइ हाल्दा राम्रो हुन्छ । यसले घरको बास्तु दोष उत्पन्न गर्छ साथि दुर्भाग्य बढाउने काम गर्छ । ५. फुटेको ढोका : तपाइको घरमा यदी यस्तो खालको अवस्था छ भने धनकी देवी लक्ष्मीले कहिलै प्रवेश गर्दिनन्। ६. टुटेफुटेको फर्निचर : यसले पनि आर्थिक समस्या हुने तथा धनशान्ति नहुने मान्यता राख्छ । यसले घरको बास्तु दोष उत्पन्न गरि दुर्भाग्य बढाउने काम गर्छ । ७. नचल्ने घडी: घडीलाई समय सूचक मानिन्छ तयसैले घडी जहिलेपनि चलायमान हुनुपर्ने मान्यता छ त्यसैले आफ्नो समय राम्रो चलाउनको लागि घडी पनि चल्ने राख्नुपर्छ । भनिन्छ कि नचल्ने घडीले मानिसको उन्नति रोकिन्छ । ८. फुटेको वा नलेख्ने कलम: तपाइँको घरमा यस्तो सामाग्रीले अशुभ शंकेत गर्छ । यसले तपाइको भविष्यको राम्रो काम पनि बिगार्ने शंकेत गर्छ । बोलीको प्राभाव पर्दैन भन्ने बिश्वास छ । ९. भगवानको फुटेको वा चर्केको मुर्ति: भगवानको मुर्ति कहिलै पनि फुटेको छ वा चर्केको छ भने घरमा नराख्न भनिन्छ । यसको कारण नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ । १०. बिग्रेको वा फुटेको सामग्रीहरु: सिसा फुत्नुलाई जसरी राम्रो मानिन्न त्यसैगरि तपाइको घरमा कुनैपनि सामानहरु फुटेको अवस्थामा प्रयोग गर्नु भएको छ भने सकेसम्म मर्मत गरेर चलाउँदा राम्रो हुन्छ । त्यसोत धार्मिक मान्यतालाई विश्वासनै नगर्नेहरुको लागि पनि माथिका सामग्रीहरु घरमा हुनु राम्रो हैन । हाम्रो घरमा भएको सामाननै हाम्रो बास्तबिक प्रतिबिम्ब हो भन्न सकिन्छ किनभने हामीले हाम्रो घरको अवस्थालाई जति ख्याल गर्दैनौं त्यति नै अरुको नजरमा हामी राम्रो मान्छे बन्न सक्दैनौं त्यसैले सबैको लागि यो जानकारी महत्वपूर्ण छ ।

0 comments

Write Down Your Responses

Follow on Facebook