कालिकोट पहिरोबाट महिलाको शव निकालियो, उद्धार जारी (फोटो फिचर)

कालिकोट–कालिकोट र दैलेखको सीमानामा पर्ने दहिखोलामा शुक्रबार रातिको पहिरोमा पुरिएकी एक महिलाको शव निकालिएको छ। स्थानीय गीता थापाको मृत्यु भएको हो। पुरिएको अवस्थामा उनको टाउको देखिएको थियो। अन्य केही स्थानीय पुरिएको अनुमान छ। उद्धारकार्य जारी छ। प्रहरीकाअनुसार ६ जना मानिस पहिरोमा पुरिएको अनुमान छ। अविरल वर्षा पछि गएको पहिरोमा दुई ट्याक्टर, एक मोटरसाईकल पनि पुरिएका छन्। सम्बन्धित समाचार- कालिकोट-दैलेख सीमानामा भीषण पहिरो, ५ घर पुरिए, टेलिफोन सेवा बिच्छेद

0 comments

Write Down Your Responses

Follow on Facebook