हमेसा चलचित्रमा नायिका रेखा थापासँग अभिनय गरेका उदीयमान नायक सवीन श्रेष्ठले अहिलेसम्म विवाह गरेका छैनन् । तर, कृष्णप्रसाद भट्टराईले भनेजस्तै उनी अविवाहित भए पनि ‘कुमार’ चाहिँ हैनरै’छन् । पहिलो चुम्बन र यौनको अनुभवबारे अनलाइनखबरको प्रश्नमा नायक श्रेष्ठ भन्छन्- ‘केटा मान्छे भएपछि चुम्बन, सेक्स त अवश्य हुन्छ नै । तर, चुम्बन गर्नेबेला अलिकति आवेशमा आउने भएकाले याद नभएको होला ।’ यद्यपि नायक श्रेष्ठ कथाले माग्यो भन्दैमा बेडसिन भने नदिने पक्षमा छन् । भर्खरै एक युवतीसँग दोहोरो प्रेममा डुबेका श्रेष्ठ आफूलाई रेखा थापा, श्रृष्टि श्रेष्ठ र सदीक्षा श्रेष्ठ खुबै ‘सेक्सी’ लाग्ने बताउँछन् । हमेसा कस्तो सिनेमा हो ? यो एक लभस्टोरी र द्वन्द्वप्रधान सिनेमा हो । मैले यो सिनेमामा राम्रै काम गरेको छु जस्तो लाग्छ । प्राय सिनेमामा रेखा थापासँग देखिनुहुन्छ, जोडी कहिलेसम्म जम्ला ? मलाई त लामै समयसम्म जम्छ जस्तो लाग्छ । उहासँग काम गर्न सजिलो पनि लाग्छ मलाई । तपाईलाई आफू कस्तो मानिस हुँ जस्तो लाग्छ ? म सादा जीवन, उच्च बिचार बोकेको मानिस हँु । १२ बर्षदेखि यो क्षेत्रमा संघर्षरत छु । म एक मिहिनेती मानिस हुँ । रेखाभन्दा बाहिरको ब्यानरमा नजम्नु भएको हो ? होइन, मैले नायिका बिनिता बरालसँग फुलस्टपममा पनि काम गरें । जम्न त मेरो जोडी विनितासँग पनि जमेकै हो । तर, व्यापार गर्न सकिएन । एक्लै हुँदा युवतीबारे कत्तिको सोचिन्छ ? स्कुल पढ्दा त खुबै सोच्थे । तर ,अहिले करिअरको बारेमा बढी सोच्ने भएकाले पनि त्यता खासै ध्यान जाँदैन । पुस्तक पढ्ने बानी कत्तिको छ ? पुस्तक पढ्ने बानी छ । पल्पसा क्याफे बल्ल पढ्दैछु । जोक्स, म्यागजिन पढिरहेको छु । पुस्तकहरु खुबै पढ्छु । कस्ता युवतीले आकर्षण गर्छन् ? आँखा राम्रो र नशालु भएका, हातका औंला लामा भएका र सफा युवतीले खुबै लोभ्याउँछन् । प्रेम कत्तिको गरियो ? दोहोरो प्रेम त खासै भएको छैन । तर, भर्खर-भर्खर परेको छु । कति भयो प्रेम गर्न थाल्नुभएको ? हाम्रो प्रेम भएको १ बर्ष भयो होला । उनलाई मनाउन खुबै गाह्रो भयो मलाई । तर, मनपरेकाले आफ्नो नबनाई रहनै सकिँन । पहिलो चुम्बन याद छ ? खासै याद गरेको छैन । केटा मान्छे भएपछि चुम्बन, सेक्स त अवश्य हुन्छ नै । तर, चुम्बन गर्नेबेला अलिकति आवेशमा आउने भएकाले पनि याद नभएको होला । पहिलो सेक्स कति बर्षको उमेरमा भयो त ? म यस्तै २४ बर्षको थिएँ होला, जतिबेला मैले सेक्सको अनुभव गरेको थिएँ ।
नायक भएपछि युवतीले कत्तिको प्रस्ताव गर्छन् ? प्रेम प्रस्तावभन्दा पनि कामलाई मनपराउँछन् । तर, मलाई सवीन मनपर्छ भनेर मरिहाल्दैनन् । आफ्नो अंगमा कुन मनपर्छ ? मलाई आँखा खुबै मनपर्छ । मेरो आँखाको रंग परिवर्तन भैराख्छ भन्छन् । नेपालका तीन सेक्सी युवती को-को लाग्छन् ? रेखा थापा, श्रृष्टि श्रेष्ठ, सदीक्षा श्रेष्ठ मलाई खुबै सेक्सी लाग्छन् । विश्वमा कुन सेलिब्रेटी देख्दा आफुमा सेक्स डिजाइर भएको जस्तो लाग्छ ? करिना कपुर र ऐश्वर्या राय देख्दा मन नै थाम्न सक्दिन । अब नेपालका को-को कलाकारसँग काम गर्न मन छ
नायिका रेखा थापा भन्छन् दुवैको सेक्सको चाहना बढेमा सेक्स गर्न मजा पुरा पढ्नुहोस् ...

0 comments
Write Down Your Responses