१४ वर्ष अगाडिको कुरा हो। भर्खर गीत गाउन सुरु गरेकी थिएँ। टेलिभिजनमा देखेर उहाँ (पेशल राई) ले मेरो बारेमा बुझ्न थाल्नुभएछ। मेरो फोन नम्बर पत्ता लगाएर एक दिन मलाई फोन गर्नुभयो। पहिलो कल गर्दा उहाँले फ्यानका रूपमा कुरा गर्नुभएको थियो। मलाई पनि उहाँको कुरा गराइ र स्वभाव राम्रो लाग्यो। त्यसपछि समयसमयमा हामीबीच कुराकानी हुन थाल्यो।
पढेको असल मान्छे भएकाले म पनि उहाँप्रति आकर्षित हुन थालेँ। मलाई उहाँले धेरैपटक प्रेम प्रस्ताव राख्नुभयो। मैले हुन्छ वा हुन्न केही भन्न सकेकी थिइनँ। परिवारको इच्छाअनुसार विवाह गर्ने सोच भएकाले उहाँको प्रेम स्वीकारेर अगाडि बढ्न सकेकी थिइनँ। पछि उहाँको परिवार नै मलाई माग्न मेरो घर आएपछि हाम्रो प्रेमले साकार रूप लियो। परिवारको स्वीकृतिमा मैले उहाँसँग विवाह गरेँ। असारमा हाम्रो चिनजान भएको, असोजमा त विवाह भइहाल्यो। घरमा हामी दुईजनामात्र भएकाले टाढा जानुपर्ने आवश्यकता महसुस भएन। घरमा खुला वातावरण थियो। विवाहपछिका हरेक क्षण रोमान्टिक लाग्थ्यो। विवाह भएपछि म उहाँको भएँ भन्ने महसुस भयो। जब शारीरिक रूपमा नजिक भयौं, त्यसपछि हामीबीच जीवनमा कुनै कुरा बाँकी नभएजस्तो लाग्यो। जीवनले पूर्णता पाएजस्तो भयो। विवाहपछि श्रीमान्बाट असाध्यै माया पाएँ। त्यसले मलाई आफ्नो जीवनलाई अर्थपूर्ण र सुखद भनुभूति गरायो। यो एउटा खुसीको कुरा पनि हो। हाम्रो विवाह हुँदा उहाँ काठमाडौंबाहिर कलेज पढाउनुहुन्थ्यो।
यसरी खोल्छिन पार्वती राई सुहागरातका कुरा,सानै उमेरमा बिहे भयो त्यो रात निकै रोमान्टिक थियो – रातभर निदाउन सकिन

0 comments
Write Down Your Responses