भक्तपुर । नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नचाहेसम्म नेपालमा स्थानीय निकायको निर्वाचन नहुने दाबी गरेका छन् । सत्ता साझेदार र प्रतिपक्षी दलहरुलाई भारतले उपयोग गरेकाले स्थानीय निकायको निर्वाचन असम्भब रहेको बिजुक्छेले बताए ।
सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गराउने घोषणा गरेको छ । उक्त घोषणाको सत्ता साझेदार एमाओवादी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरुले असन्तुष्टि जनाएका छन् ।
रफत सञ्चार क्लब भक्तपुरले बुधबार आयोजना गरेको साक्षात्कारमा नेमकिपा अध्यक्ष विजुक्छेले भने, ‘स्थानीय निकायको निर्वाचन हुन नदिन नेपाली कांग्रेस, एमाओवादी र मधेसवादी दलहरुलाई भारतले उपयोग गरिरहेको छ । भारतले नचाहेसम्म स्थानीय निकायको निर्वाचन असम्भव छ ।’
नेपालको कर्मचारी प्रशासनमा पनि भारत हाबी भएको भन्दै उनले उनीहरुलाई कुनै बहानामा चलाउने काम भएमा सरकार परिवर्तनको खेल हुने बताए । नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरणलगायतका क्षेत्रमा भारतको तलब खाने कर्मचारीहरु रहेको भन्दै उनले तिनीहरुलाई पहिचान गरेर कारबाही गर्न सरकारलाई सुझाव दिए ।
नेपाल सरकारको तलव खाएर भारतको काम गर्ने २२ हजार कर्मचारीहरु नेपाल प्रशासनमै रहेको विजुक्छेको दावी छ ।
उत्तर तर्फका नाकाको बिस्तारमा नेपाल सरकारले बिगतमा आवाज उठाएता पनि भारतको हस्तक्षेपकै कारण फेरी सुस्त बनेको उनले दाबी गरे ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएर राम्रो काम गरेको बिजुक्छेले बताए । नेपाल सरकारको निर्णयभन्दा पनि कांग्रेस पार्टीको कार्यकर्ताको भूमिका खेलका कारण उपाध्यायलाई फिर्ता बोलाइएको उनको आरोप रहेको छ ।
भारतको गोप्य षड्यन्त्रको खुलासा, २२ हजार भारतीयहरु नेपाल सरकारमै

0 comments
Write Down Your Responses