यस्तो हुन्छ सरकारी कर्मचारीको फुर्ति सरकारी कर्मचारी हुँ (तस्बिर र भिडियो सहित)

काठमाण्डौ । जनताको राजश्वबाट तलब सुबिधा पाएका कर्मचारी कस्तो हुनु पर्छ । तपाईले सोचेँ भन्दा फरक छन् राज्यका कर्मचारी । अझ यो घटनाले त प्रष्टै पार्छ सरकारी कर्मचारीको फुर्ति कस्तो हुन्छ भनेर । माथिल्लो तहका कर्मचारीले तल्लो तहका कर्मचारीलाई कस्तो ब्यावहार गर्छन त्यो पनि थप जानकारी हुने छ तपाई लाई आज । घटना भएको स्थान हो काठमाण्डौको शान्तिनगर गेट अगाडिको । एक सरकारी कर्मचारी र ट्राफिक प्रहरी बिचको संवादको शैलीले आम सर्वसाधारण छक्क परे । एक सरकारी कर्मचारी वन वे बाट आएपछि ट्राफिक प्रहरीले समात्यो साथ साथै ४-५ वटा अरुपनि मोटरसाईकल समात्यो । केहि समय मोटरसाईकल वाला र ट्राफिक प्रहरी विच डिस्कस भयो । पुन ३-४ जना ट्राफिक र ३ जना प्रहरी पनि आए । सरकारी मोटरसाईकलवालासँग लाईसेन्स रहेनछ । अन्तमा उक्त मोटरसाईकल वालाको आईडी प्रहरीले लियो । त्यसपछि उक्त व्यक्ति एकाएक बम्कन थाल्यो म सरकारी कर्मचारी हुँ । यो मोटरसाईकल लैजा मेरो आईडी पनि लैजा तर तीमिहरुले भोली मेरो अफिसमा सर सर भन्दै ल्याउनु पर्छ । म को हुँ त्यतिखेर थाहा पाउलास् भने पछि प्रहरीले उसलाई जान दिने भयो । आम नागरिक जिल्ल परे । सरकारी कर्मचारीको मोटरसाईकल ट्राफिकले नियन्त्रणमा लिने प्रयास गर्दै यसरी धम्की पुर्ण भाषा बोल्दा पनि ट्राफिकले कडा जवाफ फर्काएनन् । यदी त्यो ब्यक्ती सर्वसाधारण भएको भए प्रहरीले के गर्थे तपाई आफै बिचार गर्नुहोस् । वान वे बाट आएका मोटरसाईकलहरु ट्राफिक प्रहरीको नियन्त्रणमा । सरकारी कर्मचारीलाई सहजै जान दिने अनी सवसाधारणलाई चै चिट काट्ने पछि अर्को होहल्ला भयो । अन्तमा एउटा बहाना बनाएर सरकारी कर्मचारीलाई प्रहरीले लगे जस्तो गरेर प्रहरी पछाडी बसेर गयो सबै जिल्लराम । यहाँ यस्तै छ ठुलालाई चैन सानालाई ऐन ।

0 comments

Write Down Your Responses

Follow on Facebook