वि.सं. २०७३ साल वैशाख २७ गते सोमबार।२०१६ मे ९ तारिख।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा अनुकूल समय छ। मान-सम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–व्यवसायमा पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। आयआर्जन पनि राम्रै हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमताले सम्मान दिलाउनेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन्। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह केही काम बने पनि खर्चको मात्रा बढ्नेछ। अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। समय र नियमलाई बेवास्ता गर्दा समस्या आइलाग्नेछन्। साँझदेखि स्थितिमा सुधार आउनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। शुभचिन्तकहरूसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। ऋणमोचन हुने सम्भावना छ। साँझदेखि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे व्यावसायिक काममा चुनौती देखा पर्न सक्छ। अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ने स्थिति आउन सक्छ। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम हात पार्ने मौका छ। साँझदेखि धेरैले साथ दिनेछन्। रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। कीर्तिमानी काम सुरु गर्ने समय छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। साँझदेखि अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउनुका साथै दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर प्राप्त हुनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते प्रारम्भमा अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ। साँझदेखि स्थितिमा सुधार आउनेछ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। सहयोगीहरू जुटिदिनाले चिताएका कामहरू पनि सजिलै बन्नेछन्। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु विभिन्न अवसर प्राप्त हुनुका साथै दिन मनोरञ्जनपूर्ण रहनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। साँझदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। हुलमुलमा धनमाल हराउन सक्छ, लेनदेन गर्दा सजग रहनुहोला। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे आँटेका काममा केही समस्या देखिन सक्छ। अरूको दबाबमा परिनाले मन खिन्न हुनेछ। तापनि प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। व्यापारमा फाइदा उठाउन सकिनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि अप्रिय समाचारले उत्साहमा कमी आउन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा फाइदा हुनेछ। गुरुजनको सहयोग प्राप्त हुनेछ। साँझदेखि शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ। प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ| कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, दकाम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ। प्रतिष्ठित व्यक्तित्वहरूसँग निकटता बढ्न सक्छ। बिग्रिएको सम्बन्ध र कमजोरीलाई सुधार गर्ने मौका छ। साँझदेखि महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन्। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ उठाउन सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्। आफ्ना योजनाहरू गोप्य राख्नुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। साँझदेखि काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ। प्रतिष्ठित व्यक्तित्वहरूसँग निकटता बढ्न सक्छ।

0 comments

Write Down Your Responses

Follow on Facebook