योनिमार्ग किन चिलाउँछ ? उपचारका लागि के गर्ने ?
काठमाडौं । सेतो पानी बग्ने तथा योनिमार्ग चिलाउने समस्या धेरै महिलामा हुन्छ । यो समस्या अविवाहितलाई पनि हुनसक्छ तर विवाहित वा यौनसम्पर्क गर्ने महिलाहरूमा बढी हुन्छ । कसै–कसैमा यो समस्या पटक–पटक दोहरिन्छ । सामान्यतः ट्राइकोमोनास भन्ने जीवाणुले योनिमार्गमा गरेको संक्रमणका कारण यस्तो समस्या देखापर्छ । त्यसबाहेक योनिमार्गमा फन्जाई तथा अन्य ब्याक्टेरियाको संक्रमणले पनि सेतो पानी बग्ने, चिलाउने हुनसक्छ । गर्मीमा पसिना आउने र फन्जाईको वृद्धि सजिलै हुने भएकाले पनि यस्तो भएको हुनसक्छ । यसबाहेक पिसाबसम्बन्धी संक्रमणका कारण पनि यस्तो भएको हुनसक्छ । यस्ता समस्याबाट जोगिन सरसफाईमा पर्याप्त ध्यान पुगाउनुपर्छ र सधैं सफा, नरम एवं सुतीको अन्डरगार्मेन्ट प्रयोग गर्नुपर्ने हुन्छ ।

0 comments
Write Down Your Responses