खेल जितेपछि पैसाको ओइरो, समाल्न धौधौ : कुस्तीको रौनकट

सहिद दिवसका अवसरमा शुक्रबारदेखि नवलपरासीको सदरमुकाम परासीस्थित आदर्श उच्च माविको मैदानमा सुरु भएको नेपाल-भारत कुस्ती प्रतियोगिताको पहिलो दिन भारतबाट सहभागी भएका रिंकालाई जितेपछि नेपालीहरूले खुसी भएर दिएको करिब २० हजारबराबरको इनामले राजुलाई पनि खेल खेल्न हौस्यायो।
माघ१८ गतेसम्म सञ्चालन हुने कुस्ती प्रतियोगितामा नेपाल र भारतका महिला र पुरुष गरी करिब ३० भन्दा बढी खेलाडीको सहभागिता रहेको आयोजक संस्था नवलपरासी कुस्ती प्रतियोगिता मूल समारोह समितिका संयोजक रामभवन यादवले बताए। शनिबार महिला खेलाडीहरूको प्रतिस्पर्धा हुने जानकारी उनले दिए। पहिलो दिन भएका अन्य खेलमा वनारसका अशोकले गोरखपुरका नगेन्द्रलाई हराए भने बिहारका जोगेन्द्रले कानपुरका टाइगर भनिने पहलमानलाई हराए।
प्रतियोगितामा नेपालका कपिलवस्तु, रूपन्देही र पोखराका खेलाडी सहभागी छन्। त्यस्तै, भारतका गोरखपुर, दिल्ली, महाराष्ट्र, कानपुर, वनारस, इलाहाबादका खेलाडीको सहभागिता छ। प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय खेलाडी केशवदासले निर्णायकको भूमिका निर्वाह गरेका छन्। प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितीयलाई ५० हजार र तृतीयलाई २५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ। स्रोत /अन्नपूर्ण पोस्ट

0 comments
Write Down Your Responses