दीपिका र कट्रिनासँग प्रतिस्पर्धा गर्दै नेपाली आस्था

काठमाडौं । एक महिना अगाडि भारतमा भएको किंगफियर सुपर मोडल–२ को उपाधी उचालेकी नेपाली चेली आस्था पोखरेल यतिबेला फेरी अर्को प्रतिस्पर्धामा छिन् । उनी यतीबेला ‘टाइम्स मोस्ट डिजाइरेवल वुमन २०१४’ का लागि छनौट भएकी छिन् ।

जुन उनका लागि निकै प्रतिस्पर्धात्मक छ । उनले उपाधीका लागि बलिउडका ५० चर्चित अभिनेत्री र मोडलहरु सँग प्रतिस्पर्धा गर्नु पर्ने छ । उनले भातीय चर्चित नायिका दीपिका पादुकोण, कट्रिना कैफ, बिपाशा बसु, अनुष्का शर्मा लगाएतका सँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

यस प्रतियोतिको विजेता अनलाईन भोटका आधारमा चुुनने भएकाले उनले आफ्नो फेसबुक मार्फत आफुलाई भोट हाल्न समेत आग्रह गरेकी छिन् ।

टाइम्स अफ इन्डियाले आयोजना गर्ने यस प्रतियोगितामा गत वर्ष दीपिका ७.३४ लाख भोट प्राप्त गर्दै विजेता बनेकी थिइन् ।

0 comments

Write Down Your Responses

Follow on Facebook