नेपाली राष्ट्रिय क्रिकेट प्रशिक्षक पुवुदुलार्इ एक लाख दिने सरकारको निर्णय

काठमाडौ । सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दशानायकेलाई एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । एक महिनाअघि नामिबियामा सम्पन्न आईसीसी डिभिजन २ क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शनको मूल्याङ्कन गर्दै सरकारले प्रशिक्षक पुवुदुलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यसैगरी नेपाली क्रिकेट टिमका सहायक प्रशिक्षक जगत टमाटालाई पनि सरकारले एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । नामिबियामा सम्पन्न डिभिजन २ क्रिकेट प्रतियोगिताबाट डिभिजन १ मा उक्लन नसकेपनि आइसीसीले नेपाली क्रिकेट टिमलाई विश्व क्रिकेट लिग च्याम्पियन्सिप खेल्न दिने निर्णय गरेको थियो ।

सरकारले नेपाली नेपाली राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई पनि जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यसैगरी श्रीलंकामा भएको महिला फुटबल प्रतियोगितामा सहभागी नेपाली महिला फुटबल खेलाडीलाई पनि जनही २५ हजार रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

थाईल्यान्डको फुकेटमा भएको बिच भलिवल प्रतियोगितामा सहभागी नेपाली भलिबल खेलाडी भगवती थामीलाई पनि एक लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Write Down Your Responses

Follow on Facebook