राजधानीको नयाँ बानेश्वरमा विप्लव माओवादीले गर्यो आक्रमण
काठमाडौं, ११ माघ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले राजधानीको एक चारतारे होटलमा आक्रमण गरेको छ ।
सोमबार विप्लव माओवादीको मजदुर संगठनले नयाँ बानेश्वरको चारतारे होटल एभरेष्टमा आक्रमण गरेको हो । आफ्ना मजदुरलाई कामबाट निकालेको भन्दै विप्लव माओवादीले होटलमा लगाएको ताला प्रहरीको सहयोग लिएर तोडेपछि आक्रोशित विप्लव माओवादीका कार्यकर्ताले होटलमा आक्रमण गरेको एक नेताले बताए ।
उनले भने- हाम्रो लडाइँ होटल साहु र म्यानेजमेन्ट टिमसँग थियो तर, प्रहरी बीच आएर हामीले लगाएको ताला तोड्यो । त्यो हामीलाई सह्य भएन्, खोसिएको अधिकार माग्दा प्रहरीले हस्तक्षेप गरेपछि प्रतिकार गर्यौ ।
उनका अनुसार ताला तोडेपछि प्रहरी र विप्लव माओवादीका मजदुरबीच झडप भएको थियो । एभरेष्ट होटलले कर्मचारी निकालेको मुद्दा अदालतमा समेत पुगिसकेको छ ।
त्यहाँ उपस्थित एक प्रहरीका अनुसार मजदुर र प्रहरीबीच घम्साघम्सी भएको थियो ।


0 comments
Write Down Your Responses