काठमाडौँ आउँदै गरेको जेट एयरवेजको जहाजमा बम रहेको आशंकामा आतंक मच्चिए
काठमाडौं– नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको जेट एयरवेजको जहाजमा बम राखिएको आशंकामा विमान ग्राउण्डेड गरिएको छ। सो एयरवेजको विमानले सोमबार दिउँसो १ः२५ मा काठमाडौंको उडान भर्नुपर्ने थियो। विमानमा १०४ जना यात्रु र चालक दलका ७ सदस्य थिए।
विमान उड्नु अघि अपरिचत व्यक्तिले विमानस्थलमा फोन गरी 'ह्यापी रिपब्लिक डे, रिट नम्बर १८ मा गिफ्ट बस्क छाडेको छु,' भनेको भारतीय संचारमाध्यमले जनाएका छन्। त्यसपछि सो एयरलाइन्सको उडान रद्द गरिएको छ भने विमानलाई सुरक्षित क्षेत्रमा सारिएको छ। जेट एयरवेजले एक विज्ञप्ति जारी गरी सुरक्षाका कारण फ्लाइट ढिला भएको बताएको छ। विमानमा बम भए नभएको बारे हालसम्म खुल्न नसकेको संचारमाध्यमले उल्लेख गरेका छन्। अहिले सुरक्षाकर्मीले विमानभित्र सर्च गरिरहेको जनाइएको छ।


0 comments
Write Down Your Responses