सनसनीपूर्ण खुलासा : प्रचण्डले २७ अर्व रुपियाँ भ्रष्टचार गरेको र पैसाको भागबण्डा नमिलेको कारण हामी फुटेका हौं - डा बाबुराम भट्टराई (भिडियो सहित)
काठमाडौं, २ माघ । नयाँशक्ति निर्माण अभियानका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एकीकृत माओवादीका नेताहरू भ्रष्टाचारको दलदलमा पुगेको आरोप लगाउनुभएको छ । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै भट्टराईले एमाओवादीका शीर्ष नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउनुभयो ।
‘कांग्रेस र एमालेभन्दा पनि तीब्र गतिमा एमाओवादी भ्रष्टाचारको दलदलमा पुग्यो’, उहाँले भन्नुभयो, ‘उहाँहरूसँग अब कुनै हालतमा सहकार्य र एकता हुँदैन ।’ एमाओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध आक्रोश पोख्नु भएका नयाँ शक्ति अभियानका नेता भट्टराईले भन्नुभयो, ‘उहाँहरूका विषयमा म व्यक्तिगत टिप्पणी गर्न चाहन्न । उहाँहरू नयाँ ढङ्गले चल्न चाहनु भएन । उहाँ राजनीतिक कार्यदिशाबाट विचलित हुनुभएको छ । नयाँ ढङ्गले चल्नै नसक्ने गरी सक्किनुभएको छ । एमाओवादीले अब केही गर्न सक्दैन ।’
आफ्नो नयाँशक्तिमा भ्रष्टाचरीलाई कुनै स्थान नहुने नेता भट्टराईको भनाइ छ । उहाँले भन्नुभयो, ‘मैले अलग यात्रा गरिसके । भ्रष्टाचारीहरूलाई नयाँशक्तिमा कुनै स्थान छैन । एमाओवादी पुरानो गाडी हो । त्यो भ्रष्टाचारभित्र डुबेको छ ।’ नेता भट्टराईले अगाडि भन्नुभएको छ, ‘पार्टी भनेको साधन हो, साध्य होइन । एमाओवादीका पछाडि छुटेको साथीहरू आउनु हुन्छ । मलाई साथ र सहयोग गर्नु हुनेछ ।’
श्रोत: DC Nepal
हेर्नुहोस भिडियो

0 comments
Write Down Your Responses