रक्सी खाएर प्रहरीद्धारा महिला पत्रकारमाथि दुव्र्यबहार
हिमालयन न्युज एक्सप्रेस डटकमको सवांददता माथि प्रहरीले दूरव्यावहार गरेको छ । बेलुका आप्नो कार्यालयबाट फर्किने क्रममा एक्सप्रेसका सम्वाददाता अमृता दुवे माथि दूरव्यावहार भएको हो । सुन्दरीजल प्रहरी चौकीमा कार्यरत सहायक प्रहरी निरिक्षक असई पवन बस्नेतले जोरपाटी स्थीत मेडीकल कलेज चौकमा रक्सी खाएर आफु सँग भएको पेस्तोल देखाई हात पात गरेको पीडितले बताएका छन् ।
प्रेस चौतारी काठमाडौं शाखाको साधरण सदस्य समेत रहेको पत्रकार दुवेले तत्कालै महानगरिय प्रहरी वृत बौद्धका प्रमुख डि एसपी नरहरी रेग्मीलाई घटनाको बारेमा जनकारी गराएकी थिइन् । अनुसन्धानको लागी असई बस्नेतलाई नियन्त्रणमा लिइएको डि एसपी नरहरी रेग्मीले बताएका छन् ।
श्रोत: न्युज 24
श्रोत: न्युज 24


0 comments
Write Down Your Responses