खबर अचम्म : मोटी भएको भन्दै बिहे अस्विकार गर्ने पूर्व प्रेमीको परिवारलाई बदला लिन आफ्नै शरिरको बोसोबाट निर्मित साबुन उपहार पठाइदिए
चीनको समाजिक सञ्जालमा अहिले एउटी महिलाले राखेको स्ट्याटस निकै चर्चामा छ । उनले आफ्नो पूर्व प्रेमी र पूर्व प्रेमीको परिवारसँग बदला लिनका लागि निजी कुराहरु समाजिक सञ्जालमार्फत खुलासा गरेकी थिइन् । यसअघि प्रेमीको परिवारले उनलाई मोटी भएको भन्दै बिहेका लागि अस्वीकार गरेको थियो ।
जियाओ जियाओ नामक अनलाईन पेजमार्फत ति महिलाले पूर्व प्रेमीकी आमालाई गतिलो जवाफ फर्काउने क्रममा स्लिम फोटोहरु पठाएकी छिन् । त्यतिमात्रै होइन उनले आफ्नै शरिरको बोसोबाट निर्मित साबुन समेत प्रेमीको परिवारलाई उपहार स्वरुप पठाउने बताएकी थिइन् । उनले लेखेकी छिन् , ‘मैले आफ्नै बोसोलाई साबुन बनाउन प्रयोग गरेँ र अब तिम्री आमालाई नुहाउनका लागि उपहार दिदैँ छु । तल्लाको श्रेणीका मानिसहरु जसले महिलालाई उनीहरुको शरीरका आधारमा चित्रण गर्छन् त्यस्तालाई उपहार दिन वसन्त ऋतु राम्रो समय हो ।’
उनले आफ्ना पूर्व प्रेमीसँग भएका विवादका स्क्रिनसटहरुलाई समेत सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । उनले लेखकी छिन्, मैलेँ आफ्नै बोसोबाट तिम्री आमालाई नुहाउनका लागि साबुन उपहार पठाएको छु । चिनियाँ नयाँ वर्षको अवसरमा । जून समय किताबलाई त्यसको खोलबाट विश्लेषण गर्ने पूरुषहरुलाई आश्चर्य दिने समय हो ।
त्यसपछि पूर्व प्रेमीले यस्तो प्रतिक्रिया फर्काएका छन् , किन तिमी मलाई इन्टरनेटमा नराम्रो देखाउन चाहन्छौँ । यो हामीबीचको कुरा सकिसक्यो । तर तिमीले मेरी आमाको कुरा किन काट्छौँ ।
पूर्वप्रेमीको कडा टिप्पणीपछि पनि जियान जियोको मन शान्त हुन्न । उनले फेरि लेखेकी छिन्, ‘तिमीले म मोटी छु भनेकी थियौँ । म तिम्रो पुरै परिवारलाई साबुन पठाउन चाहन्छु ।’ तर केही समयपछि भने उनले व्यक्तिगत कुराकानीलाई विइबो एकाउन्टबाट डिलिट गरेकी छिन् ।
सामाजिक सञ्जालमा यति चर्को टिप्पणी भएपनि त्यो साबून जियान जियोकै शरिरको बोसोबाट बनेको भन्ने कुनै प्रमाण ने छैन । त्यस्तै उनले आफ्ना पूर्व प्रेमीलाई नै त्यो म्यासेज पठाएको भन्ने पनि प्रमाण छैन् । तर यो स्ट्याटस ६ हजार पटक सेयर गरिएको छ । यसमा ५ हजार कमेन्टस् र ३ हजार लाईक आएको छ । यसमा प्रतिक्रिया व्यक्त गर्नेहरुले पनि मिश्रित प्रतिक्रिया राखेका छन् ।


0 comments
Write Down Your Responses