दुखद खबर : ‘जुम्ल्याहा छोरा र श्रीमतीको हत्या’

माघ ३, २०७२- शनिबार बिहानै भारतको कलकत्तामा एक महिला र उनका दुई जुम्ल्याहा छोराको हत्या भएको छ । महिलाका पतिले ‘श्रीमतीले छोराहरुको हत्या गरेकाले उनको हत्या गर्नु परेको’ बयान दिएका छन् । शुक्रबार रातिसम्म निल फोन्सेका र उनकी पत्नी जेसिकालाई मानिसहरुले कलकत्ताको एउटा नाइट क्लबमा नृत्य गरेको देखेका थिए । तर, बिहानै ४३ बर्षिय जेसिका र १४ बर्षिय छोराहरु जासु र डरेन आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए । बिहान ४ बजे उनीहरुको झगडा भएको र त्यसको नजिता स्वरुप यो ‘ट्रिपल मर्डर’ भएको प्रहरीले बताएको छ ।

‘उनी आफूलाई साह्रै असुरक्षित महसुस गर्थिन् । मेरो बाहिर अरु महिलाहरुसँग सम्बन्ध भएको आरोप लगाइरहन्थिन् । म कुनै महिलासँग बोल्यो वा कसैको फोन आयो भने झगडा गर्थिन् । शनिबार बिहान ४ बजे फेरि झगडा भयो । कुरै कुरामा उनी किचनमा गइन् र चक्कु ल्याएर सुतिरहेका जुम्ल्याहा छोराहरुको घाँटी रेटिन् । उनले मलाई पनि आक्रमण गरिन् । अनि मैले प्रतिकार गर्नुपर्‍यो,’ इन्टेरियर डिजाइनर निलले प्रहरीलाई दिएको बयानमा भनेका छन् । सख्त घाइते उनलाई कलकत्ताकै एक अस्पतालमा भर्ना गरिएको छ । तर, प्रहरीले जेसिकाको गला पनि काटिएको देखिएकाले निलको बयानमा शंका गरेको छ ।

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook