मलेसियाका जेल र घरफिर्ती केन्द्रमा कति छन् नेपाली एक पटक हेरौ न !
क्वालालम्पुर–मलेसियाका बिभिन्न जेलमा अहिले २ सय ५९ नेपाली घर फर्किने दिन गन्दै बसेका छन् । अधिकांश अबैधानिक तरिकाले काम गरेको अबस्थामा पक्राउ परेको यहांस्थित नेपाली राजदुतावासले जनाएको छ । अन्य चोरी लगायतका अभियोगमा पक्राउ परि जेल परेको बताएको छ ।
बिभिन्न अभियोगमा पक्राउ परेका सबैलाई यहांको सरकारले अनिवार्य तिन महिना जेल राखी घरफिर्ती केन्द्रमा सार्ने गर्छ । मलेसियाका बिभिन्न ठाउंमा रहेका घरफिर्ती केन्द्रमा अहिले ३ सय ७५ जना नेपाली छन् । जेल र घरफिर्ती केन्द्रमा गरि कूल ६ सय ३४ छन् । घर फिर्ती केन्द्रमा सारीएका सबैजनाले तीन महिनाको जेल सजाय पुरा गरिसकेका हुन । प्रत्येक १५ दिनको अन्तरमा घरफिर्ती केन्द्रहरु भ्रमण गरि नेपालीको अबस्था बुझ्ने र नेपाल फर्काउन उनिहरुका आफन्तसंग सम्पर्क गर्ने गरेको राजदुतावासले जनाएको छ । अघिल्लो बर्ष अत्याधिक नेपाली मलेसियाबाट घर फर्किए ।
राजदुतावासको तथ्यांक अनुसार यहांको सरकारले दिएको आममाफीको १६ महिने अबधिमा ५५ हजार अबैधानिक नेपाली घर फर्किएका छन् । यति ठुलो सख्यामा नेपाली घर नफर्काएको भए २० हजार भन्दा बढी नेपाली यहांका जेल तथा घरफिर्ती केन्द्रमा अलपत्र पर्ने मलेसियाका लागी नेपाली राजदुत डाक्टर निरंजनमान सिंह बस्न्यातको दाबी छ । आममाफीको समय गत डिसेम्बर ३१ बाट सकिसकेको छ । अहिले बैधानिक होस या अबैधानिक कामदार नेपाल फर्कन सहज छैन् । यसैगरी घर फिर्ती केन्द्रमा अलपत्र ४ सय ३१ जनालाई गतबर्ष आममाफीको समयमा घर फर्काईएको राजदुत डाक्टर बस्न्यातले बताए । जस अन्र्तगत १ सय २६ जना नेपाल सरकारको आर्थिक सहयोगमा घर फर्किएका हुन ।
३ सय ५ जना मलेसिया तथा नेपालका कम्पनिले एकतर्फी हवाई टिकट ब्याबस्था गरिदिएपछि घर फर्किएका हुन । गतबर्ष बिना कागजपत्रका घरफिर्ती केन्द्रमा अलपत्र १ हजार ३ सय ९६ जनालाइ निसुल्करुपमा यात्रा अनुमतिपत्रको ब्यबस्था गरिएको राजदुत डाक्टर बस्न्यातले जानकारी दिए । मृतकको हकमा बैधानिक कामदार भए प्रक्रिया पुरा गरि एक हप्ता भित्र शब नेपाल पठाईने राजदुत डाक्टर बस्न्यातले बताए । मृतक अबैधानिक तथा घरपरिवारले शव नेपाल झिकाउन आर्थिकरुपमा नसक्ने भए बैदेशिक रोजगार प्रर्बद्धन बोर्डसंग आर्थीक सहयोगलागी अनुरोध गरि शव नेपाल पठाउने गरेको उन्ले बताए । गत बर्ष अबैधानिक कामदारका ८ वटा शव नेपाल पठाईएको जानकारी पनि राजदुत डाक्टर बस्न्यातले दिए ।


0 comments
Write Down Your Responses