आँधीहुरी र हिमपातसँगै ७.१ रेक्टरको कडा भूकम्प, नेपालीहरुको अवस्था अज्ञात
काठमाडौं । बिगत तीन दिनदेखिको अत्याधीक हिमपाल र आँधीहुरीमा गुज्रीरहेको अमेरिकामा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
बिहान ६ बजे अर्थात् नेपाली समयअनुसार दिउँसो ४ बजेर ४४ मिनेट मा अमेरिकाको दक्षिणी अलस्कालाई केन्द्रविन्दु बनाएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।
पहिलो भूकम्प गएको ३५ मिनेटपछि पुन ६.८ रेक्टर स्केलको अर्को कम्पन भएको थियो भने अन्य साना कम्पनहरु निरन्तर गैरहेको छ ।
करिब ४८ सेकेण्डसम्म कम्पन भएको थियो । अलस्कामा नेपालीहरुको बस्ती बाक्लो छ । भूकम्पमा नेपालीहरुको अवस्था कस्तो रहेको छ भन्नेबारे बिबरण आउन बाँकी छ ।


0 comments
Write Down Your Responses