निर्माताको रोजाईमा पर्न छाडे यि अभिनेत्रीहरू !
हिरोको तुलनामा फिल्ममा हिरोइनको आयु कम हुन्छ । विवाह गरेपछि त लगभग करिअर सकिन्छ भने पनि हुन्छ तर अपवादमा केही हिरोइन विवाहका बावजुद पनि लामो समय नेपाली फिल्ममा सक्रिय रहे । पहिले करिष्मा मानन्धर र अहिले प्रियंकालाई यो श्रेणीमा राख्दा हुन्छ ।
तर नेपाली फिल्म उद्योगमा सम्भावना भएका केही हिरोइन लगभग बिस्थापन हुने संघारमा छन् ।
दर्शकले पत्याउँदा पत्याउँदै पनि निर्माताले नपत्याएका कारण उनीहरुको फिल्मी जीवन लगभग उत्तराद्र्धमा आईपुगेको छ । निशा अधिकारीलाई पढाई लेखाईसँगै सुन्दरी अभिनेत्रीको रुपमा गणना गरिन्थ्यो । मिसन पैसाबाट डेब्यु गरेकी यि नायिकाबाट नेपाली फिल्मले राम्रै लाभ पाउने अपेक्षा थियो तर मनमौजी स्वभावका कारण धेरैले उनलाई फिल्ममा लिन डराए । यही साल उनको लुटेरा आयो तर निर्माता गोपाल कायस्थ उनको शैलीबाट आजित भएको पनि खबर आयो । उनले मुस्किलले सुटिंग सके । उनलाई अरु कुनै मेकरले साइन गरेको खबर आएको छैन ।
वर्षमा एकादुई फिल्ममा देखिने निशाको हिरोइन करिअर लगभग सकिन लागेको आभाष हुन्छ ।
क्लासिकका कारण नम्रता श्रेष्ठको अहिले त चर्चा छ तर उनका हातमा पनि नयाँ फिल्म छैनन् । उनलाई फिल्म खेलाउन चाहाने उत्सुक निर्माताले उनलाई फिल्म खेलाउन चाहेको खबरमा आएको छैन । फिल्ममा भन्दा प्रेममा ज्यादा ध्यान दिने नम्रता पनि निर्माताको रोजाईमा पर्न छाडेको पक्का छ ।
नन्दिता केसी कहिलै हिट भईनन् न त फ्लप नै भईन् । कैफियत पछि उनका हातमा पनि नयाँ फिल्म छैनन् । यसहिसाबले हेर्दा सायद नन्दिताले पनि फिल्मक्षेत्रलाई बाईबाई भन्न लागेको देखिन्छ । गरिमा पन्तले भर्खरै बेल्जियम निवासी हरि शर्मासँग बिहे गरेको खबर आएको छ । उनले ठिकै गरिन् । उनको हातमा पनि तीन घुम्ती रिलिज बाहेक अरु कुनै फिल्म थिएनन् ।
भाग् सानी भाग् र हाऊ फन्नी पछि केकीको हातमा पनि नयाँ फिल्म रहेको खबर छैन । बागमति र फन्कोको असफलताले केकीको करिअरलाई थप असर गर्नेछ ।
नयाँ मेकर भित्रिरहेको अवस्थामा अघिल्लो पुस्ताका हिरोइन पक्कै पनि उनीहरुको रोजाईमा पर्दैनन् ।
ऋचा शर्मा त वर्षको एउटा फिल्म बाहेक खेल्दिनन् । हिरोइन कम चरित्र अभिनेत्री ज्यादा लाग्ने कारणले पनि ऋचाले मूलधारका फिल्ममा अभिनय गर्दिनन्, निर्माताले पनि अभिनय गराउन बल गर्दैनन् । फागुनमा उनको को आफ्नो रिलिज हुँदैछ । त्यो बाहेक उनको हातमा पनि नयाँ फिल्म छैनन् ।
अपवादमा माथि उल्लेखित हिरोइन मध्ये केहीले एकादुई फिल्म पाएपनि उनीहरुले उद्योगलाई बाई भन्ने अवस्था टाढा छैन । उद्योगले नयाँ हिरोइनको जोहो सुरु गरे हुन्छ । – विक्लीनेपाल


0 comments
Write Down Your Responses