राजनितीमा चलचित्र कर्मीको आकर्शण बड्दै,फापेको भने देखीएन

पछिल्लो समयमा राजनितिक पार्टिहरुले चलचित्रकर्मिहरुलाई पार्टि प्रबेशमा निकै प्राथमिक्ता दिँदै आएका छन् । त्यस्तै चलचित्रकर्मिहरु पनि पार्टि प्रबेशमा निकै चासोका साथै सक्रियता देखाईराखेका छन् । यसै सन्दर्भमा अहिले बाबुराम भट्टराईको नयाँ शक्ति पार्टिमा चलचित्रकर्मिहरु करिस्मा मानन्धर, अशोक शर्मा र सरोज खनालले पनि पार्टि प्रबेश गरेका छन् । 



चलचित्र कर्मीहरुको पार्टी प्रबेशको सन्दर्भ लाई केलाउनु पर्दा केहि बर्ष अघि मात्र निर्माता तथा नायिका रेखा थापाले पनि एमाओबादि पार्टिमा प्रबेश गरेकी थिईन् । केही बर्ष अघि रेखा थापा र प्रचण्डको नाचले निकैै चर्चा पनि पाएको थियो । पार्टीमा चलचित्र कर्मीको प्रबेश संगै कला क्षेत्र संग सम्बन्धीत बिभिन्न संघ संस्थाहरु उनिहरुले पाउने नियुक्तीमा पार्टी प्रबेश गर्ने चलचित्र कर्मीको धेरै रुचि हुने गरेको देखीन्छ । 

चलचित्र बिकास बोर्डको अध्यक्षमा आकांछी रेखाले पार्टिमा रहेपनि बोर्डको जिम्बेवारी सम्हाल्ने अबसर भने पाईनन् । नायिका रेखा थापालाई राजनीति खासै फापेको देखीएन । राजनिती तिर देखाएकी सव्रयता संगै उनको करीयर पनि बिस्तारै ओरालो लाग्न थालेको देखीयो । नायक भुवन के.सि. पनि माला लाएर एमाले पार्टिमा प्रबेश गरेका थिए । 

चुनाबको लागि टिकट पनि उनले पाएका थिए, तर पछि गएर उनको टिकटलाई पार्टिले नै फिर्ता गरेपछि उनको चुनाबमा उठ्ने सपना अधुरै रह्योे । अहिले यसरी राजनीतिक पार्टिहरुले कलाकारहरुलाई प्रोपागाण्डाको रुपमा प्रयोग गरीराखेका छन् । सायद चलचित्रकर्मिहरुलाई राजनितिक पाटो नफापेर पनि हुनसक्छन् । 

चलचित्रकर्मिहरुले राजनितिक क्षेत्रमा खासै जम्न नसकेको उदाहरण हुदा हुदै यो बर्ष पनि तिन नेपाली चलचित्रकर्मीहरुले पार्टि प्रबेश गरेका छन् । एमाओबादि बाट छुटेर गएको डा. बाबुराम भट्टराईको नेत्रृत्वमा रहेको नयाँ शक्ति पार्टिमा करिस्मा मानन्धर, सरोज खनाल र अशोक शर्माले पार्टि प्रबेश गरेका हुन् । आशा गरौं बिगतका पार्टीहरुले अन्य कलाकारहरु जस्तै चुनाबमा जनता भेला गर्ने आकर्शक अनुहारको रुपमा मात्र नहेरी देश र कलाको लागि केही गर्ने जिम्बेवारी सम्हालेको पनि देख्न पाइयोस् ।

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook