छत्तिसगढको जंगलमा सुरक्षाकर्मी र माओवादीबीच गोली हानाहान, चार जना माओवादी ठहरै
राइपुर–मध्यभारतीय राज्य छत्तीसगढमा शुक्रबार प्रहरी कारबाहीमा परी चारजना माओवादी कार्यकर्ता मारिएका छन् ।
सुरक्षाकर्मीसँगको दोहोरो गोली हानाहानमा ती माओवादी मारिएको जनाइएको छ । छत्तीसगढको जङ्गलमा सो भिडन्त भएको थियो ।
उक्त राज्यको सदरमुकाम राइपुरबाट ४७० किलोमीटर टाढा रहेको बिजापुर जङ्गलमा सो भिडन्त भएको अधिकारीहरुले जनाएका छन् ।
शुक्रबार बिहानै प्रहरीसँग भिडन्त भएको थियो । भिडन्तपछि जङ्गलमा एक महिला र तीनजना पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
सो स्थलमा केही हतियार पनि फेला परेको प्रहरीले जनाएको छ । बिजापुरका प्रहरी प्रमुख कन्यैला लाल ध्रुबले सो भिडन्तमा प्रहरीतर्फ भने कोही पनि हताहत नभएको जनाएका छन् ।
गएको करिब दुई दशकदेखि सो क्षेत्रमा माओवादीको प्रभाव रहेको बताइन्छ । पिछडिएको राज्यमा माओवादीले संगठन विस्तार गरिरहेको बताइन्छ ।


0 comments
Write Down Your Responses