एक वर्षभित्रै लोडसेडिङ अन्त्य हुन्छ : मन्त्रि रायमाझी



१ माघ, पर्वत । एक बर्षभित्र लोडसेडिङ हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई ‘हावादारी गफ’ भनेर आलोचना भैरहेकाबेला उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले निर्माणाधीन आयोजनाहरुलाई ‘फास्ट ट्रयाक’बाट सम्पन्न गरेर भए पनि एक वर्षभित्रै लोडसेडिङ अन्त्य गर्ने दाबी गरेका छन् । 

एक वर्षभित्रमा झन्डै २५० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरु सम्पन्न भइ विद्युत् उत्पादन सुरु हुने र लोडसेडिङ अन्त्य हुने उनले दाबी गरे । शुक्रबार पर्वतको कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उर्जामन्त्री रायमाझीले भने, ‘एक वर्षभित्रै लोडसेडिङ अन्त्य गर्न सरकार लागिपरेको छ । मुलुकलाई तीव्र गतिमा विद्युतबाट आत्मनिर्भर बनाउने पहल भइरहेको छ ।’ 

उनले लोडसेडिङ बढाउनु सरकारको बाध्यता भएको बताए । नाकाबन्दी र जाडोयामका कारण विद्युत् अत्यधिक खपत हुँदा अहिलेसम्म साढे पाँच सयभन्दा बढी ट्रान्समिटर पडि्कएको मन्त्री रायमाझीले जानकारीसमेत दिए । माओवादी पार्टी एकताको प्रसंगमा रायमाझीले भने ‘हिजो एमाले, कांग्रेस फुटेपनि एक भएका थिए, त्यसरी नै अब माओवादी पनि एक हुनु को विकल्प छैन ।’

,

0 comments

Write Down Your Responses

Follow on Facebook