नेपाललाई नाकाबन्दि लगाउने नेपालीकै ढाका टोपीमा यसरी सिक्किम घुमे भारतीय प्रधानमन्त्री मोदी


काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तराञ्‍चल राज्‍य सिक्‍किम भ्रमणका बेला ढाका टोपीमा देखिएका छन्। नेपाली भाषी बाहुल्‍यता रहेको सिक्‍किसममा उनी सडकमा ढाका टोपी लगाएर जनतासँग हात मिलाएको तस्बिर आफ्‍नो ट्वीटमा राखेका छन्। 

'सिक्किम जैविक उत्सव-२०१६'को उदघाटन गर्न मंगलबार उनी सिक्किमको राजधानी गंगटोक पुगेका बेला जनतासँग भलाकुसारी गर्न सडकमा सिक्‍किममा लगाउने पोशाक पहिरिएर जनतामाझ देखिएका हुन्। प्रधानमन्त्री मोदीले गंगटोकलाई भारतको पहिलो अर्गानिक राज्य घोषणा गरेका छन्। उनले सिक्किमको सौन्दर्यले विश्‍वलाई तानेको र यहाँका जनतामा धैर्यता रहेका बताएका छन्। यसअघि प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदा काठमाडौंको सडकमा यसरी नै उत्रिएर जनतासँग हात मिलाएका थिए।

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook