खबर अचम्म : ८५ बर्षे हजुर बा ले भित्र्यायो मालती

संखुवासभाः उमेरले ८५ वर्ष पुगेका खाँदबारी–१ का जीतबहादुर राईले भर्खरै विवाह गरे । आफन्त कुलकुटुम्बा र गाउँलेलाई साक्षी राखी बेहुला भएका उनले सभापोखरी–३ की मालती लिम्बूलाई भित्र्याए । पहिलो पत्नीको मृत्यु भएपछि उनले दोस्री पत्नीकारुपमा मालतीलाई स्वीकार गरेको बताए । 

अविवाहित ५० वर्षीया मालतीले गाउँले र आफन्तको दबाबमा जीतबहादुरलाई पति स्वीकारी विवाह गरेको बताइन् । आइतबार विवाह दर्ताका लागि खाँदबारी नगरपालिका कार्यालय पुगेका यि नवदम्पतीलाई कार्यालयका कर्मचारीदेखि सेवाग्राही सबैले शुभकामना र बधाई दिए । ‘मर्ने बेलामा साथी चाहिएला जस्तो लाग्यो’, ठट्यौलो शैलीमा उनले सुनाए, ‘त्यही भएर विवाहको आँट गरेको हुँ ।’ 

८५ वर्षको उमेरमा विवाहको निम्तो पठाएपछि चकित बनेका गाउँले र नातागोता बिहे भोज खान जीतबहदुरको घरमा पुगेका थिए । उनीहरुले हाँसोका साथ दुबैजनालाई दाम्पत्य जीवनको सफलताको शुभकामना दिए । उनका दुई छोरा र ६ जना नाति नातिनी र पनाति छन् ।

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook