राजधानीमा ह्वात्तै बढ्यो पत्नी पिदिथारू, पत्नीपीडितहरुका दुःखै दुःख, पत्नीले हिंसा गरेको भन्दै प्रहरीमा उजुरी

वैदेशिक रोजगारबाट दीपक मिजार चार महिनाअघि घर फर्किए । खाडीमा पसिना बगाएर कमाएको पैसा उनले नियमित श्रीमतीलाई पठाउँदै आएका थिए । तर, तीन वर्षपछि फर्किंदा श्रीमती सँगै बस्न मानिनन् । अर्काे व्यक्तिसँग प्रेमसम्बन्ध रहेकी श्रीमतीले सम्पत्तिसमेत लगेको भन्दै दीपक उजुरी लिएर प्रहरीमा पुगे । नगद र सुन गुमेपछि श्रीमान् प्रहरीमा ललितपुरका दिनेश शाही पनि श्रीमतीबाट अन्याय भएको भन्दै प्रहरीमा उजुरी लिएर जान बाध्य भए । 

तीन लाख ५० हजार नगद र साढे दुई तोला सुनसमेत लिएर हिँडेपछि उनी उजुरी लिएर प्रहरीमा पुगे । महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीले श्रीमतीलाई बोलाएर छलफल गरायो र मिलापत्र भयो । आफैँदेखि बच्चा पिटिएकोसम्म उजुरी सिनामंगल बस्ने भारतीय नागरिक मुन्ना मालमले श्रीमतीले सधैँ आफूलाई कुटपिट गरेको भन्दै उजुरी दिएका छन् । नरेश शाहीले सम्बन्धविच्छेद भइसकेकी श्रीमती घरमा आएर आफ्नो बच्चालाई सधैँ यातना दिने गरेको भन्दै उजुरी दिएका छन् । सातामा एक उजुरी श्रीमतीपीडितको पुरुषविरुद्धको हिंसाका उजुरी गर्ने प्रवृत्ति बढेसँगै काठमाडौंमा महिलाविरुद्ध पुरुषका उजुरी पनि बढेका छन् । हरेक साताजसो एक श्रीमान् श्रीमतीविरुद्ध उजुरी लिएर प्रहरीकोमा पुग्ने गरेका छन् । प्रहरीको काठमाडौं, ललितपुर र भक्तपुरका महिला तथा बालबालिका सेवा केन्द्रमा पनि पुरुषले श्रीमतीविरुद्ध उजुरी गर्न थालेका छन् । 

अघिल्लो वर्षमा भन्दा पुरुषका उजुरी यस वर्ष बढेको प्रहरीले जनाएको छ । साउनदेखि पुससम्म २३ उजुरी महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीकी प्रमुख प्रहरी निरीक्षक पूर्णिमा चन्दका अनुसार साउनदेखि पुससम्म २३ जना पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै उजुरी गरेका छन् । ‘धेरैजसो विवाहत्तोर सम्बन्धसम्बन्धी हुन्छन्,’ इन्स्पेक्टर चन्द भन्छिन्, ‘श्रीमतीले यातना दिएको, सम्पत्ति लिएर गएकोजस्ता उजुरी पर्ने गरेका छन् ।’ श्रीमान् विदेश हुँदा श्रीमती अन्तै प्रहरीका अनुसार श्रीमतीपीडितका घटनामध्ये केही वैदेशिक रोजगारीले निम्त्याएका घटना छन् । श्रीमान् विदेश जाँदा श्रीमतीको अरूसँग सम्बन्ध हुने र सम्पत्तिसमेत लिएर जाने गरेका घटना प्रहरीमा पुग्छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook